fbpx
corona information

गृहपृष्ठ पूर्व‑पश्चिम राजमार्गको विस्तारका लागि १२ अर्ब २१ करोड विनियोजन

पूर्व‑पश्चिम राजमार्गको विस्तारका लागि १२ अर्ब २१ करोड विनियोजन

सरकारले पूर्व‑पश्चिम राजमार्ग विस्तार तथा स्तरोन्नतिका लागि १२ अर्ब २१ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै पूर्व‑पश्चिम राजमार्गको विस्तारका लागि १२ अर्ब २१ करोड विनियोजन गरेको जानकारी गराएका हुन् ।

त्यस्त्, हुलाकी राजमार्ग तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइने अर्थमन्त्रीले बताए । त्यसका लागि आगामी आर्थिक वर्षमा ७ अर्ब १ करोड बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

प्रकाशित समय १७:४९ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु