fbpx
corona information

गृहपृष्ठ अर्थमन्त्रीले ५ अर्ब बजेट छुट्याउँदै भने‑ राजधानीमा साउनदेखि मेलम्चीको पानी

अर्थमन्त्रीले ५ अर्ब बजेट छुट्याउँदै भने‑ राजधानीमा साउनदेखि मेलम्चीको पानी

सरकारले साउनदेखि नै मेलम्चीको पानी काठमाडौँबासीलाई खुवाउने बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै भने, ‘चालू आवभित्र दोस्रो चरणको काम सम्पन्न गर्नका लागि ५ अर्ब ४६ करोट बजेट विनियोजन गरेको छु, आगामी आवको सुरुदेखि नै काठमाडौँमा मेलम्चीको पानी वितरण गरिनेछ ।’

वर्षौंदेखिको मेलम्चीको पानी खाने राजधानीबासीले पाएको आश्वासन र रहर अझै पूरा हुन सकेको छैन । विगतमा भूकम्पका कारण आयोजना सम्पन्नमा ढिला भएको बताउने सरकारले हिजोआज लकडाउनलाई दोष दिइरहेको छ ।

प्रकाशित समय १७:३८ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु