fbpx
corona information

गृहपृष्ठ ‘कोभिड-१९ महामारीले विश्वका थप ६ करोड मानिस चरम गरिबीमा’

‘कोभिड-१९ महामारीले विश्वका थप ६ करोड मानिस चरम गरिबीमा’

World Bank-newskarobar

विश्व बैंकले वर्तमान कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विश्वका थप ६ करोड मानिसहरू चरम गरिबीमा धकेलिने बताएको छ ।

” यो महामारी र क्रियाकलापहरूमा गरिएको बन्दले हालसम्मका प्रगतिहरूलाई मेटाउँदै  उन्नत अर्थव्यवस्थाका ६ करोड मानिसहरू गरिबीमा धकेलिन सक्छन्,” विश्व बैंक समूहका अध्यक्ष डेभिड मालपासले भने ।

विश्व बैंक समूहले कोभिड-१९ का कारण गम्भीर रूपमा प्रभावित भएका विश्वका १०० मुलुकका लागि नयाँ संकटकालीन सहयोगको घोषणा गर्दै उनले सो कुरा बताएका हुन् । बैंकले यी विकासशील देशहरूलाई आगामी १५ महिनाभित्र १ खर्ब ६० अर्ब अमेरिकी डलर अनुदान र आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।

गत मार्चदेखि परिचालन गर्न थालिएको यो सहयोगले विकासशील देशहरूले गरिब र जोखिममा रहका वर्गको रक्षा, स्वास्थ्य प्रणालीलाई सुदृढीकरण गर्न, निजी क्षेत्रको अवस्था कायम राख्न र आर्थिक सुधारमा  सहयोग पुर्‍याउने बैंकले जनाएको छ ।

यो सहयोग  विश्व बैंक  समूहको इतिहासको सबैभन्दा ठूलो सहायता प्याकेज हो । यो सहायता पाउने १०० मुलुकमध्ये उप-सहारा अफ्रिकामा छन्। कूल परियोजनाहरु मध्ये करिब एक तिहाई अफगानिस्तान, चाड, हैटी, र नाइजरलगायत कमजोर र द्वन्द्व प्रभावित मुलुकमा केन्द्रित रहेको बैंकले जनाएको छ ।

 

प्रकाशित समय ०८:३८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु