fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ ‘लकलडाउन’का दुई दिनमा डेढ अर्ब राजस्व उठ्यो, तीन अर्ब खर्च

‘लकलडाउन’का दुई दिनमा डेढ अर्ब राजस्व उठ्यो, तीन अर्ब खर्च

Revenue_NewsKarobar

देशव्यापी लकडाउनको दुई दिनको अवधिमा सरकारले १ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ राजस्व उठाएको छ भने त्यसको ठिक दोब्बर ३ अर्ब ६४ लाख रुपैयाँ खर्च गरेको छ ।

लकडाउनको पहिलो दिन मंगलबार १ अर्ब १३ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन भएकोमा २ अर्ब ६९ करोड २५ लाख रुपैयाँ खर्च भएको थियो । यसमध्ये १ अर्ब २५ करोड ६९ लाख चालू खर्च हो भने १ अर्ब ५३ करोड ५५ लाख रुपैयाँ पुँजीगत खर्च हो ।

सरकारले लकडाउनमा गरेको कडाइसँगै बुधबार भने राजस्व संकलन ४१ करोड ८२ लाख रुपैयाँमा खुम्चिएको छ भने खर्च पनि २३ करोड ३५ लाख रुपैयाँमात्र भएको छ ।

सरकारी कार्यालयहरू खुला राख्ने निर्णयसँगै अघिल्लो पटक भएका कामहरूको भुक्तानी जारी रहेकाले मंगलबार भुक्तानी सामान्य दिनसरह देखिएको महालेखा नियन्त्रक गोपी मैनाली बताउँछन् ।

अर्थमन्त्रालयमा मंगलबारै बसेको उच्चस्तरीय बैठकले स्वास्थ्य सेवा र सुरक्षासहितका अत्यावश्यक सेवाका लागि बजेट निकासामा प्राथमिकता तोकेको छ ।

बुधबार निकासा भएको रकममध्ये १३ करोड ८४ लाख चालू खर्च हो भने ९ करोड ५१ लाख रुपैयाँ पुँजीगत बजेट हो ।

पुँजीगत सामानहरूको खरिद पनि पुँजीगत शीर्षकमै समावेश हुने भएकाले लकडाउनका अवधिमा विकास निर्माणसँग सम्बन्धित कार्यहरू ठप्प भए पनि पुँजीगत बजेट भने निकासा भएको देखिएको हो ।

‘कोष तथा लेखा नियन्त्रण कार्यालयबाट भुक्तानी गर्दा स्वास्थ्य सेवा र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयको लागि तत्काल भुक्तानी गरि अन्य प्रकृतिका भुक्तानी प्राथमिकता आधारमा गर्ने–गराउने व्यवस्था मिलाउने,’ अर्थमन्त्रालयको उच्चस्तरीय बैठकको निर्णयमा भनिएको छ ।

बैठकले भन्सार कार्यालयहरू, आन्तरिक राजस्व कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयहरूलाई अत्यावश्यक सेवाभित्रै राखेर कम कर्मचारीबाट सञ्चालन गर्ने निर्णय लिएका थियो ।

भन्सारहरूमा आइसकेका अत्यावश्यक सामान छुटाउन तथा विभिन्न निकायहरूले गर्ने भुक्तानीमा कर समायोजनको रकमले लकडाउन राजस्व असुली भइरहेको देखिएको हो ।

प्रकाशित समय १६:४३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु