fbpx
newskarobar-job-vacancy
NIC ASIA- magh 1

गृहपृष्ठ मुलुकको समग्र विकासमा चेम्बरको भूमिका प्रशंसायोग्य

मुलुकको समग्र विकासमा चेम्बरको भूमिका प्रशंसायोग्य

मुलुककाे समग्र विकासमा चेम्बर अफ कमर्शले खेलेकाे भूमिका प्रशंसायाेग्य भएकाे एक कार्यक्रममा चर्चा गरिएकाे छ ।

बिहिबार चेम्बर अफ कमर्स नवलपुरको प्रथम साधारण सभा तथा पदस्थापन समारोह कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले मुलुकको समग्र विकासमा नेपाल चेम्बरले विगत ७० वर्षदेखि खेल्दै आएको भूमिकाको चर्चा गरे ।

उनले मुलुक अब संघीयतामा गएसँगै चेम्बरको सञ्जाल पनि उद्यम व्यवसायको विकास र नीतिगत बहस पैरवी, व्यापार प्रदर्शनीमा सहभागिता आदिमा संलग्न रहनु परेको बताए ।

यो व्यवस्थाले स्थानीय, जिल्ला र प्रदेश स्तरमा समेत निर्णय प्रक्रिया सरल, प्रभावकारी र व्यवहारिक हुने अध्यक्ष श्रेष्ठले बताए ।

सो अवसरमा विशेष अतिथि संविधान सभा सदस्य कृष्ण पौेडेलले नवलपुर चेम्बरले यस क्षेत्रका उद्यमी/व्यवसायीको समस्या समाधान गर्ने संस्थाको रुपमा कार्य गर्नेमा आफू विश्वस्त रहेको बताए ।

चेम्बर प्रदेश अध्यक्ष यदुनाथ अधिकारीले जिल्ला चेम्बरहरुले समेत अन्तर्राष्ट्रिय मेला प्रदर्शनीमा सहभागि हुृने अवसर प्राप्त भएमा स्थानीय वस्तुले बजार पाई व्यापार घाटा कम हुन मद्दत पुग्ने विचार व्यक्त गरे ।

सोही अवसरमा चितवन चेम्बरका अध्यक्ष दीर्घमान श्रेष्ठले नवलपुर चेम्बरले खेलेको भूमिकाको  चर्चा गर्दै आगामी दिनमा चुनौतीलाई अवसरको रुपमा लिइ अगाडी बढ्न चेम्बर सक्षम हुने अपेक्षा रहेको बताए ।

नवलपुर चेम्बर अफ कमर्सका अध्यक्ष दीपक भण्डारीको अध्यक्षतामा सम्पन्न सो सभामा सरकारी निकायका प्रतिनिधिहरु, प्रदेश चेम्बरका पदाधिकारीहरु, उद्यमी/व्यवसायीहरुको, उपस्थिति रहेको थियो ।

प्रकाशित समय ०७:३९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु