गृहपृष्ठ ‘हरेक स्थानीय तहमा उद्योगग्राम’

‘हरेक स्थानीय तहमा उद्योगग्राम’

dormani-poudel-newskarobar फाइल तस्बिर

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा उद्योगग्राम खोलेर युवालाई उद्यममा जोड्ने बताए । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-७ अमलटारमा प्रदेश सरकारको लगानीमा निर्मित भूकम्पपीडित युवा उद्यमी तालिम केन्द्र भवनको उद्घाटन गर्दै उनले युवाका सीपलाई उद्यममा जोड्न सके मात्र मुलुक समृद्ध बन्ने बताए ।

‘हामी हरेक स्थानीय तहमा एक उद्योगग्राम खोल्ने अभियानमा छौँ,’ उनले भने, ‘प्रदेश सरकारले युवालाई उद्यममा जोडेर उत्पादनमा लगाउने अभियान सुरु गरिसकेको छ ।’ मुख्यमन्त्री पौडेलले युवाहरुलाई उद्यम र उत्पादनमा जुट्नसमेत आग्रह गरे । विभिन्न गाउँ ठाउँमा उत्पादित कृषि उत्पादनले बजार नपाएकाप्रति इंगित गर्दै उनले प्रदेश सरकारले कृषि उत्पादनका लागि बजार खोजिदिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

‘बजार पाइँदैन भन्ने चिन्ता नगर्नुस्, हामी हरेकखाले उत्पादनलाई बजारको व्यवस्था गरिदिन्छौँ,’ उनले भने, ‘सिन्धुपाल्चोकको उत्पादन चितवन जान सक्छ, चितवनको उत्पादन अब सिन्धुपाल्चोक आउन सक्छ ।’ कार्यक्रममा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले उद्योगको विकास र उद्यमशीलताबाट नै प्रदेशलाई समृद्ध बनाउने अभियानमा सरकार अघि बढेको बताए । (रासस)

प्रकाशित समय १४:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु