fbpx
Nepal Mediciti

गृहपृष्ठ बगनासकाली गाउँपालिकाका तीन सहकारी एकीकरण

बगनासकाली गाउँपालिकाका तीन सहकारी एकीकरण

sahakari-newskarobar

बगनासकाली गाउँपालिकामा बलियो पुँजी र उचित व्यवस्थापनका लागि फरक पहिचानका सहकारी एकीकरण भएका छन् । फरक पहिचानसहित स्थापना भएका पुँजी र व्यवस्थापन कमजोर रहेका सहकारी संस्थाबीच एकीकरण गरिएको छ । यहाँस्थित तीन सहकारी एकीकरण भएपछि गाउँपालिकास्तरीय सहकारी बनेको हो ।

वडा नं ८ स्थित बराङ्दी स्वावलम्बन विकास बचत तथा ऋण सहकारी, महिला जागृति बराह बहुउद्देश्यीय सहकारी र वडा नं ९ स्थित सिर्जना सहकारी संस्था एकीकरण भएका हुन् । गाउँपालिकाबाट एकीकरणका लागि सैद्धान्तिक सहमतिअनुरुप एकीकरण गरिएको बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद भुसालले बताए । सहकारी एकीकरणले पुँजी बलियो र प्रभावकारी व्यवस्थापन हुने उनको विश्वास छ ।

एकीकरणपछि सहकारी सदस्यमा आर्थिक पहुँच विस्तार हुनेछ । एकीकरणपछि नयाँ बनेको सहकारीको नाम बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था राखिएको छ । सहकारीका सेयर सदस्यको संख्या १ हजार २२५ पुगेको छ  । सेयर पुँजीतर्फ १७ लाख रुपैयाँ, बचततर्फ ३८ लाख रुपैयाँ र २ करोड ८० रुपैयाँ लाख ऋण लगानी छ ।

गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले गरिबी हटाउन र व्यावसायिक बनाउन सहकारीको ठूलो भूमिका रहेको बताए । ससाना पुँजीमा सञ्चालित सहकारी एककीरण गरी नमुना काम भएको उनको भनाइ छ । गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदीले सहकारीले गरिब तथा विपन्न समुदायका नागरिकको जीवनस्तर सुधार ल्याउन फलदायी हुने विश्वास व्यक्त गरे । जिल्ला सहकारी संघका अध्यक्ष ध्रुवराज अधिकारीले सहकारीको मूल्य र मान्यताअनुसार नै सहकारीको एकता र उचित व्यवस्थापन गर्न खाँचो रहेको बताए । (रासस)

प्रकाशित समय १२:४६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु