fbpx
Nepal Mediciti

गृहपृष्ठ नेपालमा रहेको भारु सटहीका लागि अर्थमन्त्री खतिवडाको आग्रह

नेपालमा रहेको भारु सटहीका लागि अर्थमन्त्री खतिवडाको आग्रह

yubraj-khatiwada-sitaraman-newskarobar

अर्थमन्त्री डा. युवराज खतिवडाले भारतले विमौद्रीकरण गर्नुअघि नेपालमा रहेका भारतीय नोट सटहीका लागि आग्रह गरेका छन् । विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन भारत पुगेका अर्थमन्त्री डा. खतिवडाले शुक्रबार भारतीय समकक्षी निर्मला सितारमणसँगको भेटमा भारत सरकारले प्रतिबन्ध लगाउनुअघि नेपालमा मौज्दात रहेको भारु ५ करोडको सटही सम्बन्धमा देखिएको समस्या समाधानका लागि पहल गर्न अनुरोध गरेका हुन् ।

जवाफमा वित्तमन्त्री सितारणमले भारु नोट प्रचलनमा भएको बन्देज र भारु नोट प्रयोगका क्रममा उत्पन्न समस्यालाई दुवै देशको सहमतिमा समाधान गरिने आश्वासन दिइन् । मोदी सरकारले २०७३ कात्तिकमा भारतीय रुपैयाँ ५ सय र एक हजारका नोटमा आकस्मिक प्रतिबन्ध लगाएपछि नेपालमा रहेका नोट कागजका खोस्टा सरह बनेका छन् । भारतले बिना कुनै सर्त ती नोट सटही गर्नुपर्ने भए पनि तीन वर्षदेखि बेवास्ता गर्दै आएको छ ।

अर्थमन्त्री खतिवडाले भारतबाट नेपालतर्फ जाने व्यक्तिले आपूmसँग लैजान पाउने ठूला दरका भारु नोट फर्काउने सम्बन्धमा पनि द्विविधा भएकाले त्यसलाई स्पष्ट हुने गरी आवश्यक सूचना जारी गरिदिनसमेत अनुरोध गरेका छन् । भेटमा अर्थमन्त्री द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानीका विषयमा पनि छलफल भएको छ ।

अर्थमन्त्री डा. खतिवडाले भारतीय सहयोगमा सञ्चालित विभिन्न आयोजनाको कार्यान्वयन अवस्थाबारे जानकारी गराएका छन् । उनले भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले उपलब्ध गराउने सहुलियतपूर्ण ऋणलाई पूर्वाधार क्षेत्रमा समेत उपयोग गर्ने गरी तय गरिएका आयोजनाबारे पनि वित्तमन्त्री सितारमणलाई जानकारी गराए ।

भेटमा साना विकास अनुदान आयोजना, हुलाकी सडक र एकीकृत चेक पोस्टको कार्यान्वयन अवस्थाबारे पनि छलफल भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा भारतीय लगानीकर्ताबाट समेत इक्विटीमा लगानी गर्नका लागि प्रक्रिया अघि बढेको भन्दै अर्थमन्त्री खतिवडाले त्यसलाई पूर्णता दिन गरी अघि बढ्न वित्तमन्त्री सितारमणसँग आग्रह गरे ।

त्यस्तै नेपालको पछिल्लो आर्थिक स्थिति, लगानीको वातावरण र राजस्वका क्षेत्रमा भएका सुधारका प्रयास, द्विपक्षीय व्यापार, वाणिज्य सन्धिलगायतका विषयमा पनि उनीहरुबीच छलफल भएको छ । नेपालको वैदेशिक व्यापारको दुईतिहाई हिस्सा भारतसँग भएको उल्लेख गर्दै अर्थमन्त्री डा. खतिवडाले बढ्दो व्यापार घाटा सम्बोधन गर्न भारत सरकारबाट पनि सहयोग प्राप्त हुने अपेक्षा गरे ।

भारतका वित्तमन्त्री सितारमणले नेपाल भारतबीचको सम्बन्ध सदियौंदेखि भएको उल्लेख गर्दै आगामी दिनमा सहायता बढाउने जानकारी गराइन् । भेटर्वातामा नेपाली राजदूतावास नयाँ दिल्लीका नियोग उपप्रमुख भरत रेग्मी र अर्थ मन्त्रालयका उपसचिव रमेश अर्यालको पनि उपस्थिति थियो ।

प्रकाशित समय १२:१७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु