fbpx
Nepal Mediciti

गृहपृष्ठ सरकारसँग कति छ सुन र चाँदी ?

सरकारसँग कति छ सुन र चाँदी ?

gold-silver-newskarobar

विश्वका प्रायः सबै केन्द्रीय बैंकहरूले आफ्नो सुनको भण्डार बढाइरहेको बेला नेपालको केन्द्रीय बैंकका रूपमा रहेको नेपाल राष्ट्र बैंकको सुनको भण्डारण अर्थात गोल्ड रिजर्भ भने स्थिर रहेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकको ‘गोल्ड रिजर्भ’मा जम्मा १ हजार ९५३ किलो ६६ ग्राम सुन रहेको राष्ट्र बैंकको आन्तरिक प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, सुनसरहको मूल्य मानिने ‘पेपर गोल्ड’ ५ हजार ८ सय ६३ किलो ५ ग्राम छ । ‘पेपर गोल्ड’ मा भएको लगानी अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को ‘स्पेसल ड्रइङ राइट्स (एसडीआर) हो । यही लगानीबराबरको रकम नेपालले आईएमएफबाट ऋणस्वरुप लिन पाउँछ ।

यसैगरी राष्ट्र बैंकसँग १ लाख २२ हजार ४६६ किलो ७२२ ग्राम चाँदीको रिजर्भ छ ।

मूल्यमा आंकलन गर्दा २०७५ असार मसान्तमा सरकारसँग रिजर्भमा ९ अर्ब ५१ करोड ४३ लाख रुपैयाँ बराबरको सुन, २८ अर्ब ७ करोड ८५ लाख मूल्यबराबरको ‘पेपर गोल्ड’ र ७ अर्ब ८७ करोड ८६ लाख मूल्यबराबरको चाँदी छ ।

सुन बढ्यो, चाँदी घट्यो

राष्ट्र बैंकको टक्सार विभागअन्तर्गतको सुनको सञ्चिति केही बढेको छ भने चाँदीको घटेको छ । टक्सार विभागअन्तर्गतका सुनको विभिन्न सिक्का र पदकहरू बनाउन प्रयोग गरिन्छ ।
प्रहरीले बेलाबेलामा बरामद गर्ने अवैध सुन पनि सरकारले राष्ट्र बैंकमै दाखिला गर्छ, जुन टक्सार विभागमातहतमा प्रयोगमा ल्याइन्छ ।

राष्ट्र बैंकको विवरणअनुसार २०७४ असारको तुलनामा २०७५ मा टक्सार विभागमा रहेको सुनको सञ्चिति बढेको छ भने चाँदीको सञ्चिति घटेको छ ।

२०७४ असार मसान्तमा टक्सार विभागमा ६६२ किलो ४ ग्राम सुन र ३ हजार ७२४किलो २६ ग्राम चाँदी रहेकोमा ०७५ असार मसान्तमा सुनको अनुपात बढेर ७८१ किलो ३१ ग्राम पुगेको छ भने चाँदी घटेर ३ हजार ६१४ किलोमा झरेको छ ।

प्रकाशित समय १३:५८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु