fbpx
Nepal Mediciti

गृहपृष्ठ अब बजाजको टेस्ट राइडमा पनि आकर्षक उपहार

अब बजाजको टेस्ट राइडमा पनि आकर्षक उपहार

bajaj exchange offer_news karobar

बजाज ब्राण्डका सवारी खरिदकर्ताका लागि अब टेस्ट राइडमा पनि आकर्षक उपहार व्यवस्था गरिएको छ । नेपालको लागि बजाजको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले दसैँलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘बजाज ग्राण्ड एक्स्चेन्ज मेला’मा टेष्ट राइड गर्नेले पनि उपहार पाउने भएका हुन् ।

मेलामा कम्पनीले कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरको एक्सचेन्जमा न्यूनतम ३०,००० सम्मको मूल्यांकन र प्रचलित बजार भ्यालुयसनभन्दा थप १५,००० प्रदान गर्ने जनाएको छ । ग्राहकहरुले नयाँ बजाज मोटरसाईकलको खरिदमा निशुल्क हेल्मेट, बाईक कभर, ल्यापटप ब्याग र लेग गार्डजस्ता एक्सेसरिज प्राप्त गर्नेछन् ।

ग्राहकहरुले यो बजाजको ग्राण्ड एक्सचेन्ज मेलामा पुरानो बाइकबाट नयाँमा अपग्रेड गरेर अधिक मुल्याङ्कन, अझ बढी खुसी र लाभ उठाउन सक्नेछन् । सोमबारबाट भृकुटीमण्डपमा सुरु भएको मेलामा बजाजका जुनसुकै मोडलका बाइक तथा स्कुटरसँग नयाँ साट्न सकिनेछ । मेलामा १६ गते सकिनेछ ।

प्रकाशित समय १२:४५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु