fbpx
Rashifal Ad

गृहपृष्ठ मेड इन नेपाल एक्स्पो नेपालमा सियो पनि बन्दैन भन्नेलाई जवाफ : मन्त्री यादव

मेड इन नेपाल एक्स्पो नेपालमा सियो पनि बन्दैन भन्नेलाई जवाफ : मन्त्री यादव

madeinnepal-newskarobar

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले युवा उद्यमीलाई प्रोत्साहन गर्न सरकार तयार रहेको बताएका छन् । ललितपुर सानेपास्थित होटल गार्डेनमा आयोजित सातौं मेड इन नेपाल एक्स्पो उद्घाटन गर्दै मन्त्री यादवले भने, ‘देशमा व्यवसाय गर्ने वातावरण छैन भन्ने कहीँँ कतै सुनिन्छ तर युवा आफैंले केही गर्न सकिन्छ भनेर लागेका छन्, सरकारले उनीहरुको आट र हिम्मतलाई सम्मान गर्छ र हौसला दिन्छ ।’

मन्त्री यादवले मेड इन नेपाल एक्स्पोले नेपालमा सियो पनि बन्दैन भन्नेहरुलाई गतिलो जवाफ दिएको बताए । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न र उत्साही बनाउन मन्त्रालयले काम गर्दै आएको उनको भनाइ छ ।

मेला आयोजक नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष निकोलश पाण्डेले स्वदेशमै उद्यम गरिरहेका र बजारको पहुँच नपाएका उद्यमीलाई स्पेस उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको बताए । प्रदर्शनी स्थलको व्यवस्था नहुँदा उद्यमीलाई निकै समस्या परेको उनको भनाइ छ । नेपाल युवा उद्यमी मञ्चमा देशभरका ४५० भन्दा बढी उद्यमीको सहभागिता छ । प्रदर्शनीमा नेपालमा उत्पादित कपडा, मूर्ति, विभिन्न जडिबुटी, प्रांगारिक तरकारी, पस्मिना, अचार, महलगायत उत्पादनका सयवटा स्टलको छन् । मेला शनिबारसम्म चल्नेछ ।

प्रकाशित समय १७:४२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु