fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ दसैं तिहारमा चिनी अभाव हुँदैन : मन्त्री यादव

दसैं तिहारमा चिनी अभाव हुँदैन : मन्त्री यादव

salt-trading-newskarobar

दसैं तिहारमा नुन, चिनी जस्ता खाद्यवस्तुको कालाबजारी र अभाव हुन नदिन सरकार लागिपरेको वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले बताएका छन् । शुक्रबार साल्ट ट्रेडिङको ५७औँ स्थापना दिवसको अवसरमा मन्त्री यादवले चाडवाडमा अभाव सिर्जना हुन नदिन सरकारले साल्ट ट्रेडिङलाई भरपुर सहयोग गर्ने बताएका हुन् ।

मन्त्री यादवले साल्ट ट्रेडिङले देशको उतारचढावपूर्ण अवस्थामा पनि प्रभावकारी र सकारात्मक भूमिका खेल्दै आएको बताए । आगामी दिनमा अझ प्रतिस्पर्धात्मक रुपमा उत्रिन उनले आग्रह गरे ।

सरकारले नुन आयातको जिम्मा निजी क्षेत्रलाई दिने भन्ने भ्रमपूर्ण समाचारको पछि नलाग्न उनले सम्बन्धित सबैलाई स्पष्ट पारे । मिडियाले तथ्यपूर्णभन्दा पनि भ्रमपूर्ण समाचार फैलाउने गरेको भन्दै उनले मिडियाले सरकारको अंग भएर काम गर्नुको सट्टा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने प्रचलन बढेको तर्क गरे ।

चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङले देशका ७३ स्थानमा सहुलियत पसल सञ्चालन गरेको छ । ‘यस्ता पसल चाडवाडमा मात्र नभएर अन्य समयमा पनि हुने गरी खोल्ने वातावरण मिलाउने कार्य अघि बढ्दै छ,’ मन्त्री यादवले भने ।

सरकारको २२ प्रतिशत र निजी क्षेत्रका ७८ प्रतिशत लगानीमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसन नाफामा गएको साल्ट ट्रेडिङका सञ्चालक तथा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

प्रकाशित समय १५:२५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु