fbpx
Nepal Mediciti

गृहपृष्ठ रोजगारीका लागि एकै महिनामा ३२ हजार नेपाली बिदेसिए

रोजगारीका लागि एकै महिनामा ३२ हजार नेपाली बिदेसिए

doha-qatar-newskarobar

एक महिनामै रोजगारीका लागि ३२ हजार नेपाली बिदेसिएका छन् । साउनमा ३२ हजार ४०८ जना नेपाली रोजगारीका लागि खाडी तथा मलेसियालगायतका मुलुकमा पुगेको अर्थ मन्त्रालयले जनाएको हो ।

यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.१ प्रतिशतले कम हो । त्यस्तै अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या पनि १६.६ प्रतिशतले घटेर १७ हजार ३७१ भएको छ ।

तीन वर्षयता रोजगारीका लागि बिदेसिने नेपालीको संख्या क्रमशः घट्दै गएको छ । आर्थिक वर्ष २०७५/७६ मा मात्रै विदेश जाने कामदारको संख्या ३२.६ प्रतिशतले घटेको छ । आव ०७५/७६ मा २ लाख ४३ हजार ८६८ नेपाली कामका लागि बिदेसिएका थिए भने अघिल्लो वर्ष ३ लाख ६२ हजार २३ जना बारिहिएका थिए ।

प्रकाशित समय १५:४८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु