fbpx
Nepal Mediciti

गृहपृष्ठ भारत र चीनतर्फको निर्यात बढ्यो, व्यापार घाटामा सामान्य सुधार

भारत र चीनतर्फको निर्यात बढ्यो, व्यापार घाटामा सामान्य सुधार

एक महिनाको व्यापार घाटा ९८ अर्ब

export-import-newskarobar

नेपालको वैदेशिक व्यापारमा केही सुधार आएको छ । अर्थ मन्त्रालयका अनुसार साउन महिनामा निर्यात २७ प्रतिशतले बढेको छ भने आयात वृद्धिदर अघिल्लो वर्षको तुलनामा ११ प्रतिशत हाराहारीले घटेको छ ।

आर्थिक वर्ष २०७६/७७ को साउनमा नेपालको व्यापार घाटा ९७ अर्ब ८८ करोड ८२ लाख रुपैयाँ छ । नेपालले १ महिनामा १ खर्ब ६ अर्ब ७२ करोड ५३ लाखको वस्तु आयात गरेकोमा ८ अर्ब ८३ करोड ७१ लाखको निर्यात गरेको हो । साउनको वस्तु व्यापार घाटा गत आवको सोही अवधिको तुलनामा १३.९ प्रतिशतले घटेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत वर्षको साउनमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ५९.१ प्रतिशतले बढेको थियो ।

निर्यात बढ्यो
चालू वर्षको साउनमा नजिकका छिमेकी मुलुक भारत र चीन दुवैतर्फको निर्यात व्यापारमा सामान्य वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ । साउनमा कुल वस्तु निर्यात २७.७ प्रतिशतले बढेर ८ अर्ब ८३ करोड ७१ लाख पुगेको छ । कुल निर्यातमध्ये भारततर्फको ६८.५ प्रतिशत, चीनतर्फको २.२ प्रतिशत र अन्य मुलुकतर्फको २९.३ प्रतिशत हिस्सा छ । गत वर्षको साउनमा भारततर्फको ५७.६, चीनतर्फको १.२ र अन्य मुलुकतर्फको निर्यात व्यापार हिस्सा ४१.१ प्रतिशत थियो ।

नेपालबाट जीवजन्तु तथा वनस्पतीको तेल र बोसो, कफी, चिया, मसला, मानव निर्मित खाद्य फाइबरहरु, कार्पेट तथा अन्य टेक्सटाइल, कपडा तथा अन्य तयारी पोसाक निर्यात हुन्छ ।

आयात संकुचन
आयात व्यापार पनि केही संकुचन आएको छ । गत वर्षको साउन महिनाको तुलनामा यो वर्ष आयात व्यापार वृद्धिदर कम भएको हो । साउनमा १ खर्ब ६ अर्ब ७२ करोड ५३ लाख रुपैयाँको कुल वस्तु आयात भएको छ । यो वृद्धिमा अघिल्लो वर्षको साउन महिनाको तुलनामा ११.५ प्रतिशतले संकुचन आएको हो ।

गत वर्षको तुलनामा साउनमा भारतबाट हुने आयात ४.५ तथा अन्य देशबाट हुन आयात ४१.२ प्रतिशतले घटेको छ । चीनबाट हुने आयात भने २४ प्रतिशत बढेको छ । तातोपानी नाका सञ्चालनमा आएपछि चीनसँगको आयात तथा निर्यात व्यापार बढेको व्यापारीहरुले बताएका छन् । साउनमा डिजेल आयात पनि ०.४ प्रतिशतले घटेको छ । विद्युत आपूर्ति बढेपछि डिजेल आयात घटेको हो ।

प्रकाशित समय १६:२९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु