fbpx
Nepal Mediciti

गृहपृष्ठ नेपालीको थाप्लोमा एकै महिनामा थपियो २० अर्ब ऋण

नेपालीको थाप्लोमा एकै महिनामा थपियो २० अर्ब ऋण

जन्मदै साढे ३६ हजार ऋणभार

नेपालीको थाप्लोमा एकै महिनामा २० अर्ब ऋणभार थपिएको छ । असार मसान्तसम्म १० खर्ब ४७ अर्ब ८ करोड रहेकोमा साउनमा बढेर १० खर्ब ६६ अर्ब ४५ करोड पुगेको हो ।

यसमा खुद वैदेशिक ऋणको हिस्सा ६ खर्ब १३ अर्ब २२ करोड ६ भने आन्तरिक ऋणको हिस्ता ४ खर्ब ५३ अर्ब २३ करोड रुपैयाँ छ । साउनमा मात्रै सरकारले ३ अर्ब ६९ करोड ३६ लाख रुपैयाँबराबरको बाह्य ऋण लिएको छ । साउनमा आन्तरिक ऋण भने परिचालन नगरेको अर्थ मन्त्रालयले जनाएको छ ।

यो वृद्धिसँगै नेपालीको टाउकोमा जन्मिदै ३६ हजार ५०९ रुपैयाँ ऋणभार परेको छ । सात महिनामै ऋणभार ४ हजार ४०१ रुपैयाँले बढेको छ । गत वर्षको पुससम्म नेपालीको टाउकोमा ३२ हजार १०८ रुपैयाँ ऋण थियो । केन्द्रीय तथ्यांक विभागको सन् २०१८ को तथ्यांकअनुसार नेपालको अनुमानित जनसंख्या २ करोड ९२ लाख १० हजार ११८ छ ।

प्रकाशित समय १५:५३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु