fbpx
corona information

गृहपृष्ठ नगरपालिकाले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेन

नगरपालिकाले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेन

महालक्ष्मी नगरपालिकाले आव २०७५/०७६मा लक्ष्यअुनसारको राजस्व संकलन गर्न सकेन । नगरपालिकाका कर्मचारीले आफ्नो क्षेत्रको अनुगमन, निरीक्षण र जनचेतना फैलाउने काममा ढिलाइ गरेका कारण अपेक्षा गरेअनुरुपको राजस्व संकलन गर्न नसकेको बताइएको छ ।

गत आवमा १९ करोड ८७ लाख १४ हजार रूपैयाँ राजस्व संकलन हुने अनुमान गरिएकामा ९ करोड ८४ लाख ९४ हजार रूपैयाँ राजस्व संकलन भएको लेखा अघिकृत शिवकुमार घिमिरेले जानकारी दिए । उनले भने, ‘यस क्षेत्रमा  ढुंगा तथा बालुवा खानी, इँटाभट्टालगायत आयआर्जनको स्रोत नभएका कारण नगरपालिकाले अपेक्षा गरेअनुरुपको राजस्व संकलन हुन नसके पनि चालु आवमा उक्त कुरालाई दृष्टिगत गर्दै मर्यादित तरिकाबाट राजस्व संकलन गर्ने योजना अघि बढाइएको छ।’

उक्त नगरपालिकाका अनुसार अन्य शीर्षकमा ७ करोड ४५ लाख ३७ हजार रूपैयाँ राजस्व संकलन गर्ने अनुमान गरिएकामा केवल २ लाख ८२ हजार ५१० रूपैयाँ संकलन भएको थियो भने नक्सापास दस्तुरबाट ५ करोड ५० लाख रूपैयाँ राजस्व उठाउने अनुमान गरिएकामा ४ करोड ९० लाख ६८ हजार ६८० रूपैयाँ संकलन भएको थियो । व्यक्तिगत सम्पत्तिमा लाग्ने वार्षिक करतर्फ नगरपालिकाले २ करोड ४४ लाख ४७ हजार रूपैयाँ उठाउने लक्ष्य लिएकामा २८ हजार रूपैयाँ उठेको छ भने सिफारिस दस्तुरतर्फ २ करोड राजस्व उठाउने अनुमान गरिएकामा १ करोड ७९ लाख ५५ हजार १३८ रूपैयाँ उठेको छ ।

प्रदूषण नियन्त्रण शुल्कतर्फ २५ लाख, पार्किङ शुल्क १ लाख, अन्य प्रशासनिक सेवा शुल्क ३ लाख, सेवामूलक निकायबाट प्राप्त लाभांश २० हजार, कृषि तथा पशुपक्षी कारोबारमा २ लाख, स्वास्थ्य सेवा करबापत ५ लाख र घरबहाल करबापत ५० हजार रूपैयाँ उठाउने अनुमान गरिएकामा १ रुपैयाँ पनि संकलन नभएको बताइएको छ (रासस)

प्रकाशित समय १४:५३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु