fbpx
Nepal Mediciti

गृहपृष्ठ जनतालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री राई

जनतालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री राई

sherdhan-rai-newskarobar

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नागरिकलाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । विराटनगरमा बिहीबारदेखि सञ्चालनमा ल्याइएको सौर्य बचत तथा ऋण सहकारी संस्थाको उद्घाटन गर्दै मुख्यमन्त्री राईले संविधानले समेत सहकारीलाई आर्थिक खम्बाको रुपमा निर्दिष्ट गरेको बताए ।

मुख्यमन्त्री राईले जनताको विश्वास जितेर सहकारी अघि बढ्नुपर्ने प्रस्ट पारे । सदस्यबाट संकलित बचत रकमको केही सहकारीले दुरुपयोग र मनोमानी गरिरहेको पाइएकाले त्यसतर्फ सबै सजग हुनुपर्ने उनले बताए । मुख्यमन्त्री राईले समयसापेक्ष सहकारी सञ्चालनलाई प्रविधिमैत्री र स्मार्ट बनाउँदै लान सुझाव दिए ।

उनले सहकारीहरु जनता र सदस्यप्रति पूर्ण जवाफदेही बनेर अघि बढे सरकारको साथ रहने उल्लेख गरे । विराटनगरका ७ जना लगानीकर्ताको ७० लाख सञ्चित पुँजीबाट सो सहकारी सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित समय १६:२२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु