fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ उपत्यकामा एकैवर्षमा २५ सय बैंकिङ कसुर मुद्दा

उपत्यकामा एकैवर्षमा २५ सय बैंकिङ कसुर मुद्दा

banking-kasur-muddha-newskarobar

उपत्यकामा बैंकिङ कसुरका घटना बढेका छन् । महानगरीय प्रहरी कार्यालयले दिएको जानकारीअनुसार काठमाडौं उपत्यकामा एक वर्षमा दुई हजार ५६६ विरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता भएको छ ।

गत आर्थिक वर्षमा काठमाडौंमा दुई हजार ३३८, भक्तपुरमा ७६ र ललितपुरमा १५२ जनाविरुद्ध मुद्दा दायर भएको हो । बैंकिङ कसुरमा काठमाडौँमा १५, ललितपुरमा तीन र भक्तपुरमा तीन कार्यालयबाट मुद्दा चल्दै आएको छ ।

उपत्यकामा आव २०७४/०७५ मा ४८७ र आव २०७३/०७४ मा १० जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा चलाइएको थियो । यसबाहेक उपत्यकाको महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरोमार्फत पनि बैंकिङ कसुरमा मुद्दा चल्दै आएको छ ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली नेपाल प्रहरीमा लेनदेनको मुद्दा धेरै आउने गरेको बताउँछन् । ‘पहिला सहमतिमा कारोबार ग–यो, पछि पैसा नउठेपछि प्रहरीकहाँ मुद्दा हाल्ने प्रचलन बढेको छ,’ उनले भने ।

खातामा पर्याप्त रकम नभई भुक्तानीका लागि चेक काट्ने र दिने घटनालाई बैंकिङ कसुरमा मुद्दा चलाइने गरेको छ । केही समयअघि देवानी हकअन्तर्गत बैंकिङ कसुरको मुद्दा अदालतले हेर्ने प्रावधान गरेपछि पीडितले उजुरी गर्दा थप दुःख पाएको भन्दै पुनः प्रहरीले नै बैंकिङ कसुरको मुद्दा हेर्ने व्यवस्था मिलाइएको थियो ।

मुलुकभर आर्थिक वर्ष २०७५/७६ मा दुई हजार ६२० जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा चलाइएको थियो । यस्तै आव २०७४/७५ मा ७७६ र आव २०७३/७४ मा ९३ जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा चलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । (रासस)

प्रकाशित समय १४:१५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु