fbpx

गृहपृष्ठ इसेवा र यूके एडको सक्षमबीच सम्झौता

इसेवा र यूके एडको सक्षमबीच सम्झौता

eSewa-newskarobar

इसेवा क्यास पोइन्टको तर्जुमा, विकास तथा कार्यान्वयनका लागि इसेवा फोन पे र यूके एडको सक्षम (एक्सेस टु फाइनान्स) बीच सम्झौता भएको छ । सम्झौतापत्रमा इसेवा फोन पेका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र सक्षमका टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै इसेवा क्यास पोइन्टले डिजिटल माध्यममार्फत ग्रामीण उपभोक्तालाई वित्तीय सेवा प्रदान गर्नेछन् । परियोजनाको उद्देश्य वित्तीय सेवामा आमनागरिकको पहुँच वृद्धि गर्नुका साथै सम्पूर्ण वित्तीय सेवामा पहुँच नभएका वा कम पहुँच भएका नागरिकमा नवीन डिजिटल वित्तीय सेवाको पहुँच बढाउने कामको प्रवर्धन गर्ने हो ।

कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले डिजिटल माध्यमबाट ग्रामीण भेगका बासिन्दालाई वित्तीय सेवामा पहुँच प्रदान गर्न सक्षमसँग साझेदारी गरिएको बताए । ‘हामी इसेवा क्यास पोइन्टको प्रणाली स्थापित गर्नेछौँ, जसले ग्रामीण भेगमा कम सेवा पाइरहेका वा सेवा नै नपाइरहेका उपभोक्तालाई उत्कृष्ट वित्तीय समाधान प्रदान गर्न सक्छन्,’ उनले भने, ‘यसले वित्तीय सेवा प्राप्त गर्ने जनसंख्याको हिस्सा पनि बढ्नेछ ।’

सक्षम एक्सेस टु फाइनान्स नेपाल तथा संयुक्त अधिराज्य सरकारबीच भएको सम्झौताबमोजिम सञ्चालन भइरहेको एक कार्यक्रम हो । यसलाई डीएफआईडी नेपालको तर्फबाट लुइस बर्जरले स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँको साझदारीमा कार्यान्वयन गरिरहेको छ ।

इसेवा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवाप्रदायकको लाइसेन्स प्राप्त नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । इसेवामा २० लाख ग्राहक, ५५ हजार एजेन्ट नेटवर्क, ५४ वटा सदस्य बैंक तथा ३० हजार मर्चेन्टको सञ्जाल छ ।

प्रकाशित समय १०:१८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु