fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ एघार बुँदे घोषणपत्र जारी गर्दै उद्यमशीलता सम्मेलन सम्पन्न

एघार बुँदे घोषणपत्र जारी गर्दै उद्यमशीलता सम्मेलन सम्पन्न

youth-summit-newskarobar

देशको अर्थतन्त्र बलियो बनाउन सरकारले युवा उद्यमशीलतामा लगानी बढाउनुपर्ने निकर्षसहित दुईदिने नेपाल युवा उद्यमशीलता सम्मेलन २०१९ सम्पन्न भएको छ । ४३ जिल्लाका ५ सय युवा प्रतिनिधिले उठाएका माग समेटेर ११ बुँदे घोषणपत्र जारी गरिएको हो ।

उद्यम गर्न चाहने युवालाई सरकारले पहिचान गरी निसर्त लगानी गर्नुपर्ने, आइडिया बैंक स्थापना गर्नुपर्ने, बिनाधितो कर्जा र ब्याज अनुदानको झन्झटिलो प्रक्रिया अन्त्य गर्नुपर्ने, सरकारले युवा उद्यमशीलताको विकासका लागि सञ्चालन गरेका कार्यक्रम एकद्वार प्रणालीबाट हुनुपर्ने तथा सेवा, सुविधा र अनुदानको कार्यक्रम पारदर्शी हुनुपर्ने सम्मेलनको निष्कर्ष छ ।

समापन सत्रमा संघीय सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले विगतका कमी कमजोरी र गलत प्रवृत्तिका कारण युवा विदेश पलान हुनुपरेको भन्दै दुई तिहाईको यो सरकारले व्यवस्थित योजनाका साथ युवाको आइडियामाथि लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं आईएमई गु्रपका अध्यक्ष चन्द्र ढकालले युवाको सोचमाथि लगानी बढाउने र सरकारले उद्यम गर्न चाहने युवालाई सहजीकरण गर्नुपर्ने बताए । प्रदेश ३ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र विशाल मिडिया ग्रुपको आयोजना तथा आईएमई फाउन्डेसनको सह–आयोजना रहेको सम्मेलनमा मूल आयोजक समितिका संयोजक विशाल गैरेले उद्यम गर्न चाहने युवाको बिजनेस प्लानमाथि सरकार र निजी क्षेत्र लगानी गर्न तयार हुनुले युवामा उत्साह थपेको बताए ।

प्रकाशित समय १६:५९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु