fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ सुन तोलाको ७१ हजार, किनबेच ठप्प

सुन तोलाको ७१ हजार, किनबेच ठप्प

gold-price-hike-newskarobar

सुनको भाउ मंगलबार ७१ हजार रुपैयाँ प्रतितोला पुगेको छ । सोमबार ७० हजार प्रतितोलाले कारोबार भएको छापावाल सुन मंगलबार १ हजार रुपैयाँ बढेर प्रतितोला ७१ हजार पुगेको हो ।

सुनको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउँदा सुन पसलमा किन्नेभन्दा बेच्नेको घुइँचो बढेको छ । सुनको भाउ घट्ने छाँटकाँट नदेखिँदा तीजको मुखमा बजार सुस्ताएको छ ।

मंगलबार चाँदी पनि १० रुपैयाँ बढेको छ । सोमबार ८२५ रुपैयाँ प्रतितोलाले कारोबार भएको चाँदी मंगलबार ८३५ रुपैयाँमा किनबेच भएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसैको असर आन्तरिक बजारमा परेको छ ।

प्रकाशित समय १८:५८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु