fbpx
Rashifal Ad

गृहपृष्ठ वडा सदस्यका छोरा घुससहित जनकपुरबाट पक्राउ

वडा सदस्यका छोरा घुससहित जनकपुरबाट पक्राउ

Ghus-dhanusha_newskarobar

महोत्तरीको भंगहा नगरपालिका ८ का वडा सदस्यका छोरा १ लाख ६० हजार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले भंगहा नगरपालिका ८ का वडा सदस्य कारी साहका छोरा मुकेशलाई घुस रकमसहित पक्राउ गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका ९ पिडारी चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेटबाटै उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गर्दा साहलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । वडाध्यक्ष मो. रफिक आलमसँग मिलेर वडा सदस्य कारीले छोरा मुकेशलाई घुस लिन जनकपुर पठाएको अख्तियारको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

अख्तियारको बर्दिबास कार्यालयका उपसचिव हरिप्रसाद घिमिरेका अनुसार सडक ढलानको बिल भुक्तानीका लागि समितिसँग वडाध्यक्ष र वडा सदस्यले घुस मागेका थिए । त्यही घुस रकम लिन वडा सदस्यले छोरालाई पठाएपछि गोप्य सूचनाका आधारमा मुकेश पक्राउ परेका हुन् । पक्राउ परेका मुकेशलाई आवश्यक कारवाहीका लागि बर्दिबास कार्यालय लगिएको छ ।

घुस रकमसहित छोरा पक्राउ परेको खबर पाएलगत्तै वडा सदस्य कारी साह र वडाध्यक्ष रफिक फरार भएका थिए । अख्तियारको टोलीले फरार भएका वडा सदस्य कारी र वडाध्यक्ष रफिकलाई समेत नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित समय १६:१० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु