fbpx
Nepal Mediciti

गृहपृष्ठ मौद्रिक नीति आज सार्वजनिक हुने

मौद्रिक नीति आज सार्वजनिक हुने

Nepal-Rastra-Bank-newskarobar

चालु आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीति बुधबार सार्वजनिक हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले अपराह्न ४ बजे होटल -याडिसन, लाजिम्पामा कार्यक्रम गरि मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । गभर्नर चिरञ्जीवी नेपालले आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति ल्याउन लागेका हुन् । नेपालले जाँदाजाँदै ‘बिग मर्जर’लाई प्रथमिकता दिँदै बैंकको संख्या घटाउने नीति लिएका छन् । गभर्नर नेपालको कार्यकाल ८ महिना मात्र बाँकी छ । लघुवित्त संस्थाहरुलाई गाभ्ने योजना पनि मौद्रिक नीतिमा समावेश हुन लागेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

राष्ट्र बैंकले असार मसान्तमै मौद्रिक नीति सार्वजनिक गर्ने भने पनि बोर्ड बैठक बस्न नसक्दा ढिलाइ भएको हो ।

प्रकाशित समय १२:०३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु