गृहपृष्ठ चेम्बरद्वारा निकासीमा उत्पत्तिको प्रमाणपत्र अनलाइनबाट जारी

चेम्बरद्वारा निकासीमा उत्पत्तिको प्रमाणपत्र अनलाइनबाट जारी

chamber-newskarobar

नेपाल चेम्बर अफ कमर्सले उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अनलाइन पद्धतिबाट जारी हुने व्यवस्था गरेको छ । चेम्बरको सचिवालय काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले अनलाइन प्रणालीको सुरुवात गरे ।

यसबाट निकासी प्रवर्धनको क्षेत्र अर्को युगमा प्रवेश भएको चेम्बरले जनाएको छ । यसबाट निकासी व्यापार क्रमशः डिजिटाइजेसन युगमा प्रवेश गर्दै निकासी व्यापार सहज, सरल, छिटो र झन्झटमुक्त हुने अपेक्षा चेम्बरको छ ।

कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव अधिकारीले उत्पत्तिको प्रमाणपत्र जारी गर्दा नियमनमा बसी जारी हुने आशा एवं विश्वास व्यक्त गरे । साथै, यो प्रणाली भदौ १ गतेदेखि पूर्णरुपमा लागू हुने, निकासीको महत्वपूर्ण दस्तावेज भएकाले कति मूल्यमा कुन अवधिमा निकासी भयो जस्ता विषयको अनुगमन गर्न सजिलो हुने बताए । नेपाल राष्ट्र बैंक, भन्सार विभाग, वाणिज्य बैंक सबै निकासीको क्षेत्रमा डिजिटल युुगमा प्रवेश गरिसकेको सन्दर्भ र विश्व व्यापार संगठनले समेत पेपर लेस व्यापारमा आउन अभिप्रेरित गरेको सन्दर्भमा यो व्यवस्थाले ठूलो महत्व राख्ने उनको भनाइ छ ।

कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले अवलम्बन गरेको डिजिटल इकोनोमी डिजिटल नेपालको अवधारणाअनुरुप नै विदेशी व्यापार जस्तो अत्यन्तै गतिशील क्षेत्रमा अनलाइन सर्टिफिकेट अफ ओरिजिनलको सफ्ट लन्च हुनु समय सान्दर्भिक रहेको बताए । मुलुकको निकासी अभिवृद्धि गर्न र व्यापार घाटा घटाउन कागजातको संख्या बढी भयो भन्ने सन्दर्भमा यो अत्यन्तै सकारात्मक भएको बताए । मण्डला सिस्टमका विप्लबमान सिंहले अनलाइन सफ्टवेयरको प्रयोग, उपयोगिता र सञ्चालन पद्धतिबारे जानकारी दिए ।

प्रकाशित समय २१:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु