fbpx
Nepal Mediciti

गृहपृष्ठ राजस्व कार्यालय विराटनगरद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

राजस्व कार्यालय विराटनगरद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

kar-news-biratnagar-newskarobar

आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७५/०७६ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । कार्यालयले ६ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन लक्ष्य लिइएकोमा ७ अर्ब १३ करोड रुपैयाँ राजस्व संकलन गरेको हो । कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा ५ अर्ब २१ करोड राजस्व संकलन गरेको थियो ।

कार्यालयले आयकरतर्फ २ अर्ब १८ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा २ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गरेको हो । मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ४८ करोड लक्ष्य लिएकोमा १ अर्ब ७ करोड र अन्तःशुल्कतर्फ २ अर्ब ६७ करोड राजस्व लक्ष्य लिएकोमा ३ अर्ब ४२ करोड राजस्व असुली गर्न सफल भएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरमा करिब ५० हजार करदाता छन् भने ४० करोड रुपैयाँसम्मको कारोबार गर्नेले यो कार्यालयमा कर बुझाउनुपर्छ ।

प्रकाशित समय २०:४२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु