fbpx
Nepal Mediciti

गृहपृष्ठ गोकर्ण पराजुली भन्छन्- हामीले ट्रक कसरी चलाउने ?

गोकर्ण पराजुली भन्छन्- हामीले ट्रक कसरी चलाउने ?

truck-businessman-newskarobar

यातायात व्यवसायी, ढुवानी व्यवसायी र यातायात मजदुरको संयुक्त समितिका संयोजक गोकर्ण पराजुलीले यातायात क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर नदेखिएकाले मालबाहक ट्रक चलाउन नसकिएको बताएका छन् । काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरी संयोजक पराजुलीले सरकार यातायात व्यवसायीको मागमा गम्भीर नदेखिएको आरोप लगाए । ‘ट्रक व्यवसायी र मजदुरलाई लगाइएको भ्याट अव्यावहारिक त थियो नै, भेहिकल एन्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम (भिसिटिएस)बारे राज्य नै पूर्ण जानकार नहुँदा हामी व्यवसायी कसरी अभ्यासमा ल्याउन सक्छौँ ?’ उनले भने ।

पराजुलीले यातायात क्षेत्रका समस्या समाधान गर्नुपर्नेमा राज्य ७० हजार ट्रक व्यवसायीसँग करमात्र असुल्ने, मजदुरलाई हिरासतमा राख्ने र व्यवसायीलाई जरिवाना गराउने काममा मात्र सक्रिय भएकाले तत्काल ट्रक सडकमा गुडाउन नसकिने बताए । उनले भने, ‘यातायात क्षेत्रका समस्या समाधान गर्नुपर्नेमा यातायात मन्त्रीज्यूले नै हामीसँग भेटसमेत दिनुभएन ।’

कार्यक्रममा नारायणी यातायात व्यवसायी संघ हेटौँडाका महासचिव सरोजकुमार खनालले राजमार्गमा यातायात मजदुर असुरक्षित भएको र राज्यले यातायात व्यवसायमा भइरहेको लगानीलाई नै हतोत्साही पारिरहेकाले यथास्थितिमा सडकमा ट्रक ल्याउन नसकिने तर्क गरे ।

प्रकाशित समय २०:३६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु