गृहपृष्ठ विद्युतीय बस खरिद गर्न साझालाई तीन अर्ब

विद्युतीय बस खरिद गर्न साझालाई तीन अर्ब

सरकारले तीन सय विद्युतीय बस खरिद गर्न साझा यातायात सहकारी संस्थालाई तीन अर्ब रुपैयाँ निकासा गरेको छ ।

बस खरिदका लागि नेपाल सरकारबाट साझाका खातामा रकम आइसकेको संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए । विद्युतीय बस खरिद गर्नेबारे मन्त्रिपरिषद्ले केही समय पहिले निर्णय गरेको थियो । सरकारले यस वर्षको बजेटमा समेत बस खरीदका लागि रकम छुट्याएको थियो । संस्थाले प्रदेश ३, काठमाण्डौ र ललितपुर महानगरपालिकासँगको सहकार्यमा पनि बस खरिद गर्दैछ ।

गएको महिना मात्रै प्रदेश ३ ले ३० करोड रुपैयाँ, काठमाण्डौ महानगरपालिकाले १० करोड रुपैयाँ, ललितपुर महानगरपालिकाले साढे २ करोड रुपैयाँ र साझा आफैँले साढे २ करोड रुपैयाँ गरेर ४५ करोडमा बस खरिद गर्ने सम्झौता भएको थियो ।(रासस)

प्रकाशित समय ०७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु