fbpx
Nepal Mediciti

गृहपृष्ठ उद्योगीलाई सहयोग नगर्ने कर्मचारीमाथि कारबाही हुन्छ : मन्त्री यादव

उद्योगीलाई सहयोग नगर्ने कर्मचारीमाथि कारबाही हुन्छ : मन्त्री यादव

chamberof-commerce-newskarobar

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्यमी व्यवसायीको कार्य समयमै सम्पन्न नगर्ने राष्ट्रसेवकलाई दण्डित गर्नेतर्फ सरकार लागिरहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित ‘विद्यमान वाणिज्य तथा आपूर्ति व्यवस्थापन’ विषयक छलफलमा मन्त्री यादवले भने, ‘उद्योग व्यवसायको समग्र विषयमा छलफल गर्न सरकारले छिट्टै उद्योग वाणिज्यसम्बन्धी विषयगत बृहत बहस एवं छलफलको आयोजना गर्दै छ ।’

निजी क्षेत्रबिनाको विकास असम्भव रहेको तथ्य स्मरण गर्दै उनले सरकार बजार अनुगमनका बेलामा सञ्चारमाध्यमलाई लिएर जाने पक्षमा नरहेको तर निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाले कानुन पालना गरेको नगरेकोबारे सुसूचित गराउनुपर्ने बताए । ‘मुलुकको समग्र विकासका लागि निरपेक्ष व्यापारभन्दा पनि उत्पादनसहितको व्यापारमा जोड दिनुपर्ने आजको आवश्यकता हो,’ उनले भने ।

कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारीले सामानको ढुवानीमा लागू गरेको ट्रयाकिङ व्यवस्था र वेबमा आधारित व्यवस्था स्थानीय समानको ओसारपसारमा व्यवसायीले उठाएका समस्याको हलका लागि सरकार सकारात्मक रहेको बताए । उपभोक्ता संरक्षण नियमावली बन्ने क्रममा रहेकाले अनुगमनमा तीव्रता आउने जानकारी गराए । ‘हाल निकासी हुने २७ वस्तुमा नगद अनुदानको व्यवस्था छ,’ उनले भने, ‘करिब ८ उद्योगले करिब ११ करोड रुपैयाँ बराबर नगद अनुदान माग गरेका छन् ।’

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय चेम्बरको मूल सरोकार मन्त्रालय भएकाले चेम्बरले च्यानलबाटै काम गरिरहेको बताए । सुनचाँदीको निर्देशिका समयमै ल्याउनुपर्नेमा जोड दिँदै उनले उपभोक्ताको हकहित संरक्षण गर्नको साथै व्यवसायको सहजीकरणमा टेवा दिनुपर्ने र बजार अनुगमन नियमित प्रक्रियाको रुपमा गर्न ध्यानाकर्षण गराए ।

छलफलमा सुनचाँदी व्यवसायमा ३५ करोडभन्दा माथिको कारोबार गर्नेले विद्युतीय माध्यमबाट बिलबिजक जारी गर्नुपर्ने, सफ्टवेयरको निर्माण र पूर्वतयारी तथा सरोकारवालाबीच छलफलबिना आएको, यसमा प्रयोग हुने सामान, रिसाइकल, पुनः खरिद–बिक्री हुने र विद्युतीय तथा मानवीय दुबैबाट बिलबिजक जारी गर्दा अन्यौलता हुने हुँदा पर्याप्त गृहकार्य र तालिमपछि मात्र लागू गर्नुपर्ने सुझाव व्यवसायीले दिए ।

प्रकाशित समय २२:०२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु