fbpx

गृहपृष्ठ तातोपानी नाकाबाट चिनियाँ सामान नेपाल भित्रिन सुरु

तातोपानी नाकाबाट चिनियाँ सामान नेपाल भित्रिन सुरु

tatopani-newskarobar फाइल तस्बिर

एक महिनाअघि पुनः सञ्चालनमा ल्याइएको चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिन सुरु गरेको छ ।

पछिल्लो एक साताबाट सुरु आयात कारोबार विस्तारै बढ्दै गएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि चार वर्ष बन्द भएको नाका गत जेठ १५ गतेबाट औपचारिकरूपमा पुनः सञ्चालनमा ल्याइएको थियो । नवनिर्मित अत्याधुनिक सुक्खा बन्दरगाह सरेको तातोपानी भन्सार पुनः सञ्चालनको झण्डै तीन साता प्रशासनिक व्यवस्थापन र आन्तरिक तयारीमा जुट्दा व्यापारिक कारोबार हुनसकेको थिएन ।

‘चीनबाट सामग्री भित्रिन थालेको छ,’ भन्सार अधिकृत केशवराज ओलीले भने । भन्सारले कारोबार सुरु गरेयता विस्तारै आयात बढ्दै गएको उनले बताए । ओलीका अनुसार यसबीचमा १० कन्टेनर सामान भन्सार जाँचपास भई राजधानी गइसकेको छ । सुक्खा बन्दरगाह भन्सार यार्डमा अझै चार कन्टेनर सामान जाँचपासको पर्खाइमा छन् ।(रासस)

प्रकाशित समय ०७:३२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु