गृहपृष्ठ ‘बिदेसिने विद्यार्थीमार्फत ४५ अर्ब बाहिरिन्छ, भुक्तानी सन्तुलन नै प्रभावित’

‘बिदेसिने विद्यार्थीमार्फत ४५ अर्ब बाहिरिन्छ, भुक्तानी सन्तुलन नै प्रभावित’

yubaraj-khatiwada-newskarobar फाइल तस्बिर

अर्थमन्त्री डा. युवराज खतिवडाले विदेश अध्ययन गर्न जाने विद्यार्थीका कारण ४५ अर्ब रुपैयाँ बिदेसिने गरेको बताएका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसद जितेन्द्रनारायण देवको ‘विदेशमा पढ्न जाने विद्यार्थीलाई २ प्रतिशत शुल्क किन लिन खोजिएको ?’ भन्ने प्रश्नको जवाफमा अर्थमन्त्रीले भने, ‘मुलुकले निर्यात अनुदान ५ प्रतिशत दिएर विदेशी मुद्रा आर्जन गरिरहेकोमा खर्च गर्दा २ प्रतिशत शुल्क लिइनु बढी होइन ।’

अर्थमन्त्री डा. खतिवडाले माध्यमिक शिक्षालाई निःशुल्क गर्ने सरकारको लक्ष्य रहेको अवस्थामा ‘उच्च शिक्षा लिन विदेश जानैपर्छ’ भन्ने मान्यता लिएर हिँड्न नहुने बताए । देशभित्रै अन्तर्राष्ट्रियस्तरको अध्ययन हुने र त्यस्ता विषय पढाउने विश्वविद्यालय र क्याम्पस रहेकाले विदेश जार्नैपर्ने अवस्था क्रमशः अन्त्य हुँदै जाने उनको विश्वास छ ।

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले वार्षिक ४५ अर्ब रुपैयाँ बुझाउँदा भुक्तानी सन्तुलन नै प्रभावित भइरहेको उनको प्रस्टोक्ति छ । ‘विद्यार्थीमार्फत भुक्तानी सन्तुलन नै प्रभावित हुनेगरी विदेशी मुद्रा बिदेसिँदा त्यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्छ,’ उनले भने । आर्थिक पारदर्शिताका लागि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीका अभिभावकले कर तिरेको प्रमाण राख्नुपर्नेसमेत व्यवस्था गर्नुपर्ने अवस्था रहेको अर्थमन्त्री बताए ।

प्रकाशित समय १८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु