गृहपृष्ठ आर्थिक कूटनीति सरकारको उच्च प्राथमिकतामा : परराष्ट्रमन्त्री ज्ञवाली

आर्थिक कूटनीति सरकारको उच्च प्राथमिकतामा : परराष्ट्रमन्त्री ज्ञवाली

‘खुला सिमाना नेपाल र भारतबीचको ऐतिहासिक विरासत’

pradeep_gnawali-newskarobar फाइल तस्बिर

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको एक्लो प्रयासबाट मात्र नभई सबैको सहयोगमा मात्र मुलुकको परराष्ट्र नीति र अन्तरराष्ट्रिय सम्बन्ध बलियो हुने बताएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत परराष्ट्र मन्त्रालयको विभिन्न शीर्षकमा सांसदहरूले उठाउएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले भने, ‘सरकारले अर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेको छ ।’

कूटनीतिकसम्बन्धी विषय संवेदनशील भएको भन्दै उनले अन्तर्राष्ट्रिय राजनीति र भू–राजनीतिका आधारमा नेपालको परराष्ट्र सम्बन्ध निर्भर रहने स्पष्ट पारे । ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता भन्ने मान्यताका साथ पारस्परिक हित हित र लाभमा आधारित कूटनीतिक सम्बन्ध विस्ता गरिएको छ,’ मन्त्री ज्ञवालीले भने, ‘विश्वमा नेपालप्रति आकर्षण बढाउने नीति सरकारले लिएको छ ।’ हाल नेपालको विश्वका ११ मुलुकसँग कूटनीतिक सम्बन्ध कायम छ ।

नेपालले हासिल गरेको मौलिक शान्ति, जलवायु र वातावरण संरक्षणमा निर्वाह गरेको भूमिका, समावेशी लोकतन्त्र, मानव अधिकार र महिला सशक्तीकरणका क्षेत्रमा पु–याएको योगदान विश्व समुदायले थाहा दिन आवश्यक रहेको उनको भनाइ छ । नेपालको परराष्ट्रनीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई चुस्त बनाउन समाजका विभिन्न पक्षसँग राष्ट्रिय कार्यशाला नै आयोजना गरेर सल्लाह र सुझाव लिने कामको थालनी भइसकेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

सार्क र विमस्टेकलाई प्रतिस्पर्धी नभएर एकअर्काका पूरकका रुपमा राखिनुपर्छ भन्ने नेपालको स्पष्ट धारणा रहेको उनले बताए । भारत तथा चीनसँगको सीमा विवादका विषयमा पनि सरकारले काम गरिरहेको उनले जानकारी गराए । ‘नेपालको सीमा सुरक्षाका लागि परराष्ट्र मन्त्रालयले अरु मन्त्रालयसँग मिलेर काम गरिरहेको छ,’ मन्त्री ज्ञवालीले भने, ‘दुई देशबीच सीमा स्पष्ट पार्ने र सीमाका खम्बालाई व्यवस्थित गर्ने काम भइरहेको छ, खुला सिमाना नेपाल र भारतबीचको ऐतिहासिक विरासत हो ।’

प्रकाशित समय १५:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु