fbpx
Nepal Mediciti

गृहपृष्ठ सुर्खेतको वीरेन्द्रनगरमा जग्गाको कित्ताकाट बन्द

सुर्खेतको वीरेन्द्रनगरमा जग्गाको कित्ताकाट बन्द

birendranagar-newskarobar

साँघुरा बाटा र अव्यवस्थित घरहरु वीरेन्द्रनगरको पहिचान बनेको छ । निजी क्षेत्रको लगानीमा सरकारी मापदण्डविपरीत बनेका बाटोका कारण विकासे क्रियाकलाप सञ्चालन गर्नसमेत समस्या छ । वीरेन्द्रनगर नगरपालिकाको गुरुयोजना निर्माणका क्रममा साविकका लाटिकोइली र उत्तरगंगा गाविसलाई कृषिका लागि उपयुक्त क्षेत्रको रुपमा घोषणा गरिएको थियो ।

साविकको वीरेन्द्रनगर नगरपालिका–९ लाई आवास क्षेत्रको रुपमा घोषणा गरी रत्न राजमार्गभन्दा तलको क्षेत्रलाई कृषिका लागि छोडिएको थियो । तर, हालको वीरेन्द्रनगर–१० अर्थात रत्न राजमार्गभन्दा तलतिरको क्षेत्रलाई गुरुयोजनामा कृषियोग्य भूमि भनेर छुट्याए पनि हाल उक्त क्षेत्रमा अव्यवस्थित सहरीकरण हुँदै गएको छ ।

सरकारी मापदण्डविपरीतका नाली नभएका बाटाहरु, लगतकट्टा नगरिएका बाटा तथा ढलनिकासको समेत राम्रो प्रबन्ध वीरेन्द्रनगर नगरपालिकामा छैन । जसका कारण वर्षातको समयमा नगरबासी डुबानको समस्यामा पर्ने गरेका छन् । निजी क्षेत्रको भूमि खण्डीकरणका कारण वीरेन्द्रनगर नगरपालिका अव्यवस्थित सहरीकरणमा परिणत हुने देखेपछि वीरेन्द्रनगर नगरपालिकाले गत माघ तेस्रो सातादेखि जग्गाको कित्ताकाट बन्द गरेको छ ।

जग्गाको खण्डीकरण रोक्न कित्ताकाट बन्द गर्नुपरेको नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले बताइन् । ‘वीरेन्द्रनगर नगरपालिकाको यसअघि नै गुरुयोजना बनिसकेको थियो,’ ‘उनले भनिन्, ‘तर गुरुयोजनाविपरीत बस्ती, सडक तथा कुलोहरु निर्माण हुन थालेपछि नगरपालिकाले कित्ताकाट रोक्का गरेको हो । अब वीरेन्द्रनगर नगरपालिकाले नयाँ गुरुयोजना निर्माण गर्दै छ ।’

नगरपालिकाले मापदण्डसहितको बाटो र व्यवस्थित सहरीकरण निर्माणका लागि कित्ताकाट रोकेको उनले बताइन् । पहिले बनेको गुरुयोजनाअनुरुप अबको योजना नबन्ने ढकालले स्पष्ट पारिन् । ‘साविकका केही गाउँ विकास समितिलाई समेत नगरपालिकामा मिलान गरिसकेकाले अब नयाँ गुरुयोजना बन्छ,’ उनले भनिन्, ‘सुर्खेत उपत्यका कृषियोग्य क्षेत्र नभएर व्यस्वथित सहरीकरणमा रुपान्तरण हुन पनि सक्छ । यसका लागि आवश्यक गृहकार्य भइरहेको छ ।’ वीरेन्द्रनगर नगरपालिकाको नयाँ गुरुयोजना निर्माण हुनेबित्तिकै कित्ताकाट खुल्ने उपप्रमुख ढकालले जानकारी दिइन् ।

प्रकाशित समय १५:१० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु