fbpx
Nepal Mediciti

गृहपृष्ठ तीन जिल्लाका विकास आयोजना अनुगमनमा प्रदेश सांसदको टोली

तीन जिल्लाका विकास आयोजना अनुगमनमा प्रदेश सांसदको टोली

narayan-silwal-newskarobar

प्रदेश सभा ३ को अर्थ तथा विकास समितिले धादिङमा सञ्चालित प्रदेश सरकारका आयोजनाहरुको अनुगमन गरेको छ । समितिअन्तर्गतको योजना अनुगमन उपसमिति संयोजक नारायण सिलवालको नेतृत्वमा गएको टोलीले सोमबार आयोजनाहरुको अनुगमन गरेको हो ।

समितिले धादिङबेँसीमा २ करोड ५७ लाख रुपैयाँ लागतमा निर्माणाधीन धोपल खोला पुल, २८ करोड लगानीमा निर्माण भइरहेको चीन जोड्ने धादिङबेँसी–चिन्ताङफेदी सडक र धादिङ नीलकण्डा–१३, स्थाली मानिडाँडादेखि भोले बेलगौडा ढोलखोलासम्मको सडक अनुगमन गरेको छ । विगतमा केन्द्र सरकारमातहत रहेको धादिङबेँसी–चिन्ताङफेदी आयोजना मंसिरदेखि प्रदेश सरकारको जिम्मामा आएको हो ।

bikeshe-aayojana-dhading-newskarobar

अनुगमन टोलीमा प्रदेश ३ का सांसदहरु अजयक्रान्ति शाक्य, बिजुला बर्मा, शोभा शाक्य, आशामाया तामाङ, जिल्ला समन्वय समिति उपप्रमुख बिन्दा बलामु, प्रदेश ३ पूर्वाधार विकास कार्यालयका विजयमुनि बज्राचार्य, इन्जिनियरहरु दिपकराज भट्ट र राजेन्द्र भण्डारी तथा प्रदेश सभा सचिवालयबाट खटिएको शाखा अधिकृत त्रिपुरारी बख्रेललगायतको सहभागिता थियो ।

समितिले मंगलबार र बुधबार नुवाकोट र रसुवामा निर्माणाधीन विकास आयोजनाहरुको अनुगमन गर्ने टोलीमा सहभागी सांसद सिलवालको स्वकीय सचिव लक्ष्मण शर्माले जानकारी दिए ।

प्रकाशित समय २१:१६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु