fbpx
Nepal Mediciti

गृहपृष्ठ प्रदेश २ का योजनामन्त्री भन्छन्- सरकारले दुई टकिया बनाइदियो

प्रदेश २ का योजनामन्त्री भन्छन्- सरकारले दुई टकिया बनाइदियो

bijaya-yadav-newskarobar

प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश सरकारलाई संघले दुई टकिया सरकार बनाइदिएको टिप्पणी गरेका छन् । जनकपुर अञ्चल अस्पतालमा सरसफाइ र वृक्षारोपणमा सहभागी भएका मन्त्री यादवले देशमा संघीयता आए पनि संघीयताको आभाष हुन नसकेको बताए ।

‘अहिले पनि संघले नै ७० प्रतिशत बजेट कब्जा गरेर राख्ने गरेको छ,’ उनले भने, ‘देशभरमा ७५३ स्थानीय सरकार छन्, ७ वटा प्रदेश सरकार छन् तर बजेट भने १५ प्रतिशतको दरले मात्रै स्थानीय सरकार र प्रदेश सरकारलाई दिइएको छ, यसरी हिसाब गर्दा प्रदेशलाई २ प्रतिशत बजेट वितरण गरेर संघले दुई टकिया बनाइदिएको छ ।’

मन्त्री यादवले शिक्षा र स्वास्थ्य प्रदेश २ का लागि चुनौतीको विषय बनेको बताए । ‘अहिले हामीले जनकपुर अञ्चल अस्पताललाई प्रादेशिक अस्पताल बनाउने प्रयासका साथ कार्यक्रम ल्याएका छौं,’ उनले भने, ‘प्रदेश सरकारले सोही अनुसार बजेट व्यवस्था गर्नेछ ।’ अत्याधुनिक प्रविधि र सेवासुविधाका साथ अस्पताललाई हराभरा र सफासुग्घर राख्नुपर्ने उनले बताए ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेडेन्ट डा. नागेन्द्र यादवले अस्पतालमा ५ सय केभी क्षमताको जेनेरेटरको आवश्यक पर्नेमा एक सय केभीबाट चलाउनुपरेको गुनासो गरेपछि मन्त्री यादवले तत्कालै जेनेरेटरका लागि आवश्यक ४० देखि ४५ लाख रुपैयाँ स्वीकृत गरेर पठाउने प्रतिबद्धता जनाएका छन् ।

गरिब असहाय संरक्षण मञ्चका संयोजक समाजसेवी वैधनाथ साहको अगुवाइमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत अस्पताल सरसफाइको तथा वृक्षारोपण गरिएको हो । कार्यक्रममा मन्त्री यादव र समाजसेवी साहका साथै समाजसेवी अनिल भाइजी, कमला बचाउ अभियन्ता विक्रम यादव, महिला सरसफाइ अभियन्ता रुवि झा, सञ्जु यादव, अस्तालका प्रमुख डा. यादव, वरिष्ठ डा. जामुनप्रसाद सिंह, समाजसेवी प्रभु दयाल जलानलगायतको सहभागिता थियो ।

प्रकाशित समय १३:२४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु