fbpx
Nepal Mediciti

गृहपृष्ठ वास्तविक तथ्यांक राख्न प्रदेश २ प्रमुख कायस्थको सुझाव

वास्तविक तथ्यांक राख्न प्रदेश २ प्रमुख कायस्थको सुझाव

pradesh2-chief-newskarobar

प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशमा रहेका रोजगार, बेरोजगार, स्वास्थ्य, शिक्षा, उद्योग कलकारखाना सबैको वास्तविक तथ्यांक राख्न प्रदेश सरकारलाई सुझाव दिएका छन् । प्रदेश २ सरकार र निजी क्षेत्र सल्लाहकार समितिको वीरगन्जमा जारी बैठकमा प्रमुख कायस्थले वास्तविक तथ्यांक संकलन गरी विभिन्न कार्यक्रम र नीति निर्माणका लागि तयार पार्न सुझाव दिएका हुन् ।

प्रदेश २ को विकासका लागि नीति निर्माण तयार गरी विकासका कुन–कुन पक्षलाई कसरी कार्यान्वयन गर्दै लैजाने भन्ने विषयमा उचित निर्णय गरी प्रदेशमा विकासका कार्य अगाडि बढाउँदै लैजानुपर्ने उनले बताए ।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रदेशभित्र उद्योग तथा कलकारखाना सञ्चालन गर्न चाहनेलाई प्रदेश सरकारले लिजमा जग्गा उपलब्ध गराई २० वर्षसम्म कर निःशुल्क गरिने बताएका छन् । त्यस्तै, भौतिक तथा पूर्वाधारमन्त्री जितेन्द्र सोनलले उद्योगधन्दा, कलकारखाना सञ्चालन एवं व्यवस्थापनमा संघीय सरकारबाट कुनै किसिमको सहयोग प्राप्त हुन नसकेको भन्दै गुनासो गरे । बैठक शनिबारसम्म चल्नेछ ।

प्रकाशित समय १७:२७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु