fbpx
Nepal Mediciti

गृहपृष्ठ सवा ५ अर्बको ट्रेजरी बिल बिक्री गदै राष्ट्र बैंक

सवा ५ अर्बको ट्रेजरी बिल बिक्री गदै राष्ट्र बैंक

nepal-rastra-bank-newskarobar

नेपाल राष्ट्र बैंकले ५ अर्ब २५ करोडको ट्रेजरी बिल बिक्रि गर्ने भएको छ । राष्ट्र बैंकले सोमबार दुर्इ किसिमका ५ अर्ब २५ करोडको बिल जारी गर्न लागेको हो । ट्रेजरीको बोलकबुल सोमबार दिउँसो ३ बजेसम्म रहनेछ ।

९१ दिनका लागि जारी हुन लागेको ३ अर्बको ट्रेजरी बिल २०७६ असार ३१ गते परिपक्व हुनेछ । त्यसैगरी, १ सय ८२ दिनका लागि जारी हुन लागेको २ अर्ब २५ करोडको ट्रेजरी बिल २०७६ असोज २८ गते परिपक्व हुनेछ ।

यसअघि २०७५ चैत २५ गते भएको एक अर्ब रुपैयाँबराबरको ९१ दिने ट्रेजरी बिल बोलकबोलमा ६ अर्ब ५ करोड, १ अर्ब ८९ करोड ८६ लाख ८० हजार रुपैयाँबराबरको १ सय ८२ दिने ट्रेजरी बिल बोलकबोलमा ७ अर्ब २५ करोड र ६ अर्ब रूपैयाँबराबरको ३ सय ६४ दिने ट्रेजरी बिलकबोलमा १ खर्ब ६१ अर्ब बराबरको बिड परेको थियो ।

प्रकाशित समय १५:५४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु