fbpx
Nepal Mediciti

गृहपृष्ठ नेपालीको टाउकोमा ऋणको भारी, जन्मदै ३२ हजार ऋणभार

नेपालीको टाउकोमा ऋणको भारी, जन्मदै ३२ हजार ऋणभार

६ महिनामा विदेशी ऋण साढे ७ प्रतिशतले बढ्यो

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा कुल वैदेशिक ऋण साढे ७ प्रतिशतले बढेर ५ खर्ब ६१ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । योसहित देशको कुल ऋणभार ९ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । गत साउनमा कुल ऋणभार ९ खर्ब १२ अर्ब रुपैयाँमात्र थियो ।

यो वृद्धिपछि प्रत्येक नेपालीका टाउकोमा जन्मँदै ३२ हजार १०८ रुपैयाँ ऋणभार परेको छ । चालू आर्थिक वर्षको बजेटमार्फत यस वर्ष सरकारले २ खर्ब ५३ अर्ब रुपैयाँ वैदेशिक ऋण उठाउने लक्ष्य राखेकोमा यसअनुसार सहायता परिचालन नहुने देखिएपछि १ खर्ब ६३ अर्ब रुपैयाँबराबरको मात्र वैदेशिक ऋण परिचालन गर्ने संशोधित लक्ष्य राखिएको छ ।
साउनदेखि पुससम्म सरकारले विदेशी दातृ निकायबाट जम्मा १५ अर्ब ४४ करोड रुपैयाँमात्र ऋण पाउन सकेको छ भने यस अवधिमा आन्तरिक ऋण नउठाइ पुरानो ऋणपत्रको दायित्वमात्र भुक्तानी गरिएको छ ।
महालेखा परीक्षकको कार्यालयको विवरणअनुसार पुस मसान्तसम्म सरकारले आफ्नो राजस्व परिचालन नै पर्याप्त भइसरकारको खातामा नगद मौज्दात सञ्चित भएकाले आन्तरिक ऋण उठाएको छैन । उल्टै, पहिलो ६ महिनामा १४ अर्ब ६ करोड रुपैयाँ आन्तरिक ऋणको साँवाब्याज भुक्तानी गरेको छ भने ५ अर्ब ५६ करोड रुपैयाँ बाह्य ऋणको साँवाब्याज भुक्तानी गरेको छ ।

प्रकाशित समय १५:३१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु