fbpx
corona information

गृहपृष्ठ छिमेक लघुवित्तको २९ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित

छिमेक लघुवित्तको २९ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । हेटौंडामा सम्पन्न सो सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को मुनाफावाट ७ प्रतिशत नगद लाभांश र २२ प्रतिशत बोनस सेयर गरी कुल २९ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय यस साधारण सभाले पारित गरेको छ ।

काठमाडौंको मध्यवानेश्वरमा केन्द्रीय कार्यालय रहेको संस्थाले हालसम्म ६७ जिल्लामा १३७ वटा शाखामार्फत ३ लाख ७९ हजार ६४ जना महिला सदस्यलाई सेवा दिइरहेको छ । २०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०७६/७७ मा ६६ करोड २१ लाख ३९ हजार ८ सय ४२ रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

वित्तीय संस्थाको सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचनमा आगामी चार वर्ष कार्यकालको लागि कर्ण बहादुर घले र प्रकाश राज विष्ट र्निविरोध निर्वाचित भएका छन् । साथै संस्थाको अधिकृत पूँजी २ अर्बलाई वृद्धि गरि ३ अर्ब पुर्याूउने निर्णयसमेत साधारण सभाले पारित गरेको छ । साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्माले वित्तीय संस्थाको वर्तमान अवस्था तथा भावी योजनाको बारेमा मन्तव्य राखेका थिए ।

प्रकाशित समय १५:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु