fbpx
corona information

गृहपृष्ठ ग्रिन डेभलपमेन्ट बैँकको लाभांश घोषणा

ग्रिन डेभलपमेन्ट बैँकको लाभांश घोषणा

ग्रिन डेभलपमेन्ट बैँकले आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैँकको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ५.१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

पुस २८ गते बसेको बैँक सञ्चालक समिति बैठकले सेयधरनीलाई ४.८४५ प्रतिशत बोनस र ०.२५५ प्रतिशत नगद गरी ५.१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैँकको स्वीकृति तथा बैँकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन् ।

प्रकाशित समय १२:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु