गृहपृष्ठ मुक्तिनाथ विकास बैंकद्वारा वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्य सम्पन्न

मुक्तिनाथ विकास बैंकद्वारा वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्य सम्पन्न

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको १४ वर्ष पार गरी १५औं वर्षमा प्रवेश गरेको छ । २०६३ साल पुस १९ गते कास्की, स्याङ्जा र तनहुँ जिल्लाको कार्यक्षेत्र स्वीकृति लिई स्याङजा जिल्लाको पुतलीबजारमा केन्द्रीय कार्यालयको रुपमा मुक्तिनाथ विकास बैंक स्थापना भएको थियो ।

त्यतिबेला १ करोड ३० लाख चुक्ता पूँजीमा बैंक सञ्चालनमा आएको थियो । बैंक स्थापनाको दिन पारेर यस विकास बैंकका क्षेत्रीय तथा शाखा कार्यालयहरुमा विभिन्न सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरु सम्पन्न गरेको छ । यस अवसरमा विभिन्न स्थानमा रहेका ६ अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ता कपडा वितरण, इन्टरनेट जडान गर्न तथा कम्प्युटर खरिद गर्न आर्थिक सहयोग, विभिन्न ठाउँहरुमा डस्बिन वितरण, एम्बुलेन्स मर्मतसम्भार खर्च, पिउने पानी शुद्धीकरण मेसिन हस्तान्तरण गरेको छ । साथै गौशाला संरक्षणका लागि आर्थिक सहयोग तथा काठमाडौं महानगरपालिका वडा नं. १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरी अगाडिको सडक पेटी बाहेकको खालीचौरमा वातावरणमैत्री हरित बगैचा निर्माणमा सहयोग गरेको छ ।

बैंकले यसै उपलक्ष्यमा कोरोना महामारीको विषम परिस्थितिमा डिजिटल बैंकिङ प्रणालीलाई प्रोत्साहन गर्न भिसा कन्ट्याक्टलेस डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । भिसा कन्ट्याक्टलेस डेबिट कार्ड नियर फिल्ड कम्युनिकेशन (एनएफसी)मा आधारित प्रविधि हो । यसबाट ग्राहकले आफ्नो कार्डलाई मेसिनमा प्रत्यक्ष स्पर्श नगरी (नछोई) सरल तरिकाले POS टर्मिनलमा ग्राहकले खरिद गरेका सामाग्रीहरुको बिल भुक्तानी गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंकको नियमअनुसार नै २ हजार रुपैयाँसम्मको भुक्तानीलाई बिनापिन कन्ट्याक्टलेस कार्डमार्फत POS टर्मिनलमार्फत भुक्तानी गर्न सकिनेछ ।

यसै गरी VISA Network अन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा गर्ने आदि सुविधाहरु बैंकको शाखामा उपस्थित नभई घरबाटै गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित समय १६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु