fbpx
corona information

गृहपृष्ठ बैंकहरूले कमाए २० अर्ब नाफा, कुन बैंकको नाफा कति ?

बैंकहरूले कमाए २० अर्ब नाफा, कुन बैंकको नाफा कति ?

Income_NewsKarobar

कोभिड-१९ महामारी र त्यसलाई नियन्त्रण गर्न अवलम्बन गरिएको लकडाउनका कारण नेपालका प्रायः सबै उत्पादनमूलक क्षेत्रदेखि व्यापार-व्यवसाय प्रभावित भए । तर, यो संकटका बीचमा पनि नेपालको बैंकिङ क्षेत्रले भने आफ्नो उच्च नाफा कायमै गर्न सक्यो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिक अवधिमा नेपालको बैंकिङ क्षेत्रले २० अर्ब रूपैयाँभन्दा बढी नाफा कमाएको छ । असोज र कात्तिकबीच एक महिनामा मात्रै बैँकिङ क्षेत्रको नाफा करिब २७ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकबाट देखिएको छ ।

यद्यपि, कोभिड-१९ संकटका कारण बैंकिङ क्षेत्रका नाफाको वृद्धिर भने गत वर्षका तुलना केही सुस्त भएको छ । गत वर्ष साउनदेखि कात्तिकको अवधिमा २३ अर्ब ८९ करोड रुपैयाँ थियो भने यो वर्ष कोभिड-१९ का कारण गत २०७६ चैतदेखि नै लगानी सुस्त भएको र असुलीसमेत प्रभावित हुँदा बैंकिङ क्षेत्रले आर्थिक वर्षको पहिलो चार महिनामा २० अर्ब २० करोड रूपैयाँ नाफा आर्जन गरेको छ ।

भदौपछि बैंकिङ क्षेत्रको लगानी र असुली क्रमिक रूपमा विस्तार हुँदै गएकोले बैंकिङ क्षेत्रको नाफा पनि बढेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । पहिलो चौमासिकको कुल नाफामध्ये २७ वटा ‘क’ वर्गका वाणिज्य बैंकले मात्र १८ अर्ब ५८ करोड रूपैयाँ नाफा कमाएका छन् भने ‘ख’ वर्गका विकास बैंकले १ अर्ब ४७ करोड र ‘ग’ वर्गका वित्त कम्पनीले १४ करोड रूपैयाँ नाफा कमाएका छन् ।

प्रथम चौमासिकको अपरिष्कृत वासतालअनुसार हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये सात वटा बैंक अर्ब क्लबमा छन्  अर्थात् ती बैंकहरूको नाफा एक अर्ब रुपैयाँभन्दा बढी छ भने १० वटा बैंकको खुद नाफा ५० करोड रूपैयाँभन्दा कम छ । नाफाअनुसार शीर्ष स्थानमा ग्लोबल आईएमई बैंक परेको छ भने पुछारमा सिभिल बैंक छ ।

बैंक                             चौमासिक नाफा
अर्ब क्लब
१. ग्लोबल आईएमई बैंक-   रु. १ अर्ब ४५ करोड ३७ लाख
२. नबिल बैंक-     रु. १ अर्ब ३६ करोड ७४ लाख
३. एनआईसी एसिया बैंक- रु. १ अर्ब २८ करोड ९८ लाख
४. प्राइम बैंक- रु. १ अर्ब २३ करोड ७९ लाख
५. प्रभु बैंक- रु. १ अर्ब १३ करोड ६१ लाख
६. नेपाल इन्भेस्टमेन्ट बैंक- रु. १ अर्ब ८ करोड ९९ लाख
७. एनएमबी बैंक- रु. १ अर्ब ३ करोड ७१ लाख

अर्बभन्दा तलको खुद चौमासिक नाफा

८. राष्ट्रिय वाणिज्य बैंक- रु. ९४ करोड ५१ लाख
९. मेगा बैंक- रु. ८३ करोड ६९ लाख
१०. कुमारी बैंक- रु. ७४ करोड १० लाख
११. सिटिजन बैंक- रु. ७१ करोड ३४ लाख
१२. कृषि विकास बैंक- रु. ६६ करोड ७६ लाख
१३. सिद्धार्थ बैंक- रु. ६६ करोड २८ लाख
१४. सानिमा बैंक- रु. ५५ करोड ४४ लाख
१५. एभरेष्ट बैंक- रु. ५१ करोड ४९ लाख
१६. सनराइज बैंक- रु. ५० करोड १५ लाख
१७. स्ट्यान्डर्ड चार्टर्ड बैंक- रु. ५० करोड ११ लाख
१८. हिमालयन बैंक- रु. ४६ करोड २७ लाख
१९. नेपाल बंगलादेश बैंक- रु. ४५ करोड ५८ लाख
२०. नेपाल क्रेडिट एन्ड कमर्स बैंक- रु. ४४ करोड २७ लाख
२१. लक्ष्मी बैंक- रु. ४१ करोड ३० लाख
२२. माछापुच्छ्रे बैंक- रु. ४१ करोड ५२ लाख
२३. बैंक अफ काठमाण्डू- रु. ३७ करोड ३४ लाख
२४. नेपाल बैंक- रु. ३२ करोड ७४ लाख
२५. सेन्चुरी बैंक- रु. २८ करोड ४८ लाख
२६. नेपाल एसबीआई बैंक- रु. २६ करोड ८९ लाख
२७. सिभिल बैंक- रु. १३ करोड ३ लाख
(स्रोत : नेपाल राष्ट्र बैंक)

प्रकाशित समय १६:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु