fbpx
corona information

गृहपृष्ठ महालक्ष्मी नगरपालिका र राष्ट्रिय वाणिज्य बैंकबीच सहुलियतपूर्ण कर्जा सम्झौता

महालक्ष्मी नगरपालिका र राष्ट्रिय वाणिज्य बैंकबीच सहुलियतपूर्ण कर्जा सम्झौता

ललितपुरको महालक्ष्मी नगरपालिका र राष्ट्रिय वाणिज्य बैंकबीच सहुलियतपूर्ण कर्जासम्बन्धी सहकार्यका लागि समझदारी भएको छ । समझदारी पत्रमा महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा नगर प्रमुख श्रेष्ठले महालक्ष्मी नगर क्षेत्रभित्रका उद्यम तथा व्यवसाय गर्न चाहने युवालाई आवश्यक परामर्श र उद्यमशीलतासम्बन्धी तालिमको व्यवस्था गरी तालिम प्राप्त व्यक्तिलाई सहुलितपूर्ण कर्जा प्रदान गर्न बैंकमा सिफारिस गरिने बताए । ‘यस कार्यक्रमले युवाशक्तिलाई उत्पादनसँग जोडी बेरोजगारी न्यूनीकरणमा मद्दत पुग्ने विश्वास छ,’ उनले भने, ‘वर्तमान अवस्थामा खेर गइरहेका बौद्धिक र श्रमिक शक्तिको उचित व्यवस्थापन गर्ने नगरको लक्ष्य पूरा गर्न एवं नगर प्रमुख युवा उद्यमशीलता कार्यक्रमको सफलतामा समेत यसले ठूलो सहयोग पुग्ने अपेक्षा छ ।’

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सहुलियतपूर्ण कर्जा तिर्नु नपर्ने भन्ने भ्रम धेरैमा रहेकाले कार्यन्वनयमा चुनौती भए पनि नगरपालिकाको सहकार्य र प्रतिबद्धताले बैंकलाई थप उत्साहपूर्ण तरिकाले कार्यक्रम कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख निर्मला थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, वडाअध्यक्षहरु, राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, बागमती प्रादेशिक कार्यालयका प्रबन्धक, लुभु शाखाको प्रबन्धकलगायतको उपस्थिति थियो ।

प्रकाशित समय २१:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु