fbpx
corona information

गृहपृष्ठ अनलाइनबाटै सनराइज स्मार्ट बचत खाता खोल्न सकिने

अनलाइनबाटै सनराइज स्मार्ट बचत खाता खोल्न सकिने

‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं’ अभियान अगाडि बढाउदै आएको सनराइज बैंकले आफ्ना ग्राहकलाई प्रविधिमैत्री सेवाहरु प्रदान गर्दै आएको छ । यसै अनुरुप बैंकले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै विश्वको कुनै पनि ठाउँबाट सनराइज बैंकमा तुरुन्तै बचत खाता खोल्न सकिने गरी ‘सनराइज स्मार्ट बचत खाता’ ल्याएको छ ।

सो सुविधाअन्तर्गत ग्राहकले अनलाइनमार्फत नयाँ खाता खोली तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्नेछन् । उक्त खाता सक्रिय भएपछि ग्राहकले रकम जम्मा गर्न सक्नुका साथै Digital Transaction समेत गर्न सक्नेछन् । सो खाताका ग्राहकले मोबाइल बैंकिङ प्रयोग गरी आफैंले मुद्घति खाता पनि खोल्न सक्ने बैंकले जनाएको छ । यस सुविधाअन्तर्गत ग्राहकले बैंकको आधिकारिक वेबसाइट http;|/onlineservices.sunrisebank.com.np/account/defaultमा गई कुुनै पनि बचत खाता छनोट गरी आफ्नो विवरण भने पेश गर्नुपर्नेछ ।

अनलाइनबाट खोलिएका ‘सनराइज स्मार्ट बचत खाता’ शून्य मौज्दातमा खोल्न सकिने र उक्त बचत खातामा आकर्षक ब्याजसमेत दिने बैंकले जनाएको छ । खाता खोल्न र माथि उल्लेखित कारोबार गर्न ग्राहकहरुलाई बैंक आउन पर्ने जरुरी छैन । तर, ग्राहकले आफ्नो अनुकुलताअनुसार खाता खोलेको १ वर्षभित्र बैंकमा उपस्थित भइ आफ्नो खाता अद्यावधिक गर्नुपर्नेछ ।

कोभिडको कारण ग्राहकहरु बैंक आउन र कारोबार गर्न असहज भैरहेको वर्तमान परिप्रेक्षमा सनराइज बैंकको यस सुविधाले देश र विदेशमा रहेका नेपालीहरुले सजिलै खाता खोल्न सक्ने र मोबाइल बैंकिङमार्फत नेपालमा बत्ती, पानी, इन्टरनेट, विद्यालय शुल्क आदिको सजिलै भुक्तानी गर्न सक्ने बैंकको विश्वास छ । बिस्तृृत जानकारीको लागि टोल फ्रि नं १६६००१२२४४४ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित समय १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु