fbpx
corona information

गृहपृष्ठ एनआइसी एशिया बैंकद्वारा ‘फोटो-पात्रो २०७८’ आयोजना

एनआइसी एशिया बैंकद्वारा ‘फोटो-पात्रो २०७८’ आयोजना

एनआइसी एशिया बैंकले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूका लागि ‘फोटो-पात्रो २०७८’ नामक फोटो प्रतियोगिता सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहक एवं अन्य व्यक्तिहरूसँग रहेको फोटो खिच्ने कौशलको कदरस्वरूप २०७८ को क्यालेण्डरमा उनीहरूले कैद गरेका फोटोलाई स्थान दिने योजनाअनुरुप यस प्रतियोगिताको आयोजना गरेको हो ।

यसरी प्राप्त हुने फोटोलाई क्यालेण्डरमा राख्ने मात्र नभइ बैंकले उचित नगद पुरस्कारको व्यवस्थासमेत गरेको छ । यस प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरूले Season, Hope & Positivity, Lifestyle / Friendship विधामा आफूले खिचेका एक वा एकभन्दा बढी फोटो पठाउन सक्नेछन् । यसका साथै ५० शब्दमा नबढाई आफ्नो फोटोको क्याप्सनसमेत लेखी https://www.nicasiabank.com/photo-patro लिंकमा अपलोड गर्नुपर्नेछ ।

प्रतियोगिताबाट प्राप्त उत्कृष्ट १२ फोटोहरू बैंकले आफ्नो नयाँ वर्ष २०७८ को क्यालेण्डरमा प्रकाशित गर्नेछ र उक्त फोटोहरूका लागि बैंकले प्रतिफोटो १० हजार नगद रकम पुरस्कार प्रदान गर्नेछ । यस प्रतियोगिताबाट उत्कृष्ट १२ मा सामेल हुन नसकेका अन्य आकर्षक फोटोहरूलाई बैंकले सम्मानस्वरूप आफ्नो सामाजिक सञ्जालका माध्यमहरू एवं विभिन्न प्रवद्र्धनात्मक प्रयोजनमा फोटो खिच्नेको नाम र क्याप्सनका साथ प्रकाशित गर्ने व्यवस्था गरेको छ ।

प्रतियोगितामा पठाउनुपर्ने फोटो कम्तीमा ५४००x३६०० पिक्सल, साइज (इन्च) १८x१२, रिजोलुसन ३०० DPI र ल्याण्डस्केप हुनु पर्नेछ । साथै यस प्रतियोगितासम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइट तथा सामाजिक सञ्जालहरूमार्फत प्राप्त गर्न सकिनेछ ।

प्रकाशित समय १८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु