fbpx
corona information

गृहपृष्ठ सेञ्चुरी कमर्सियल बैंकको अनलाइन एकाउन्ट सेवा

सेञ्चुरी कमर्सियल बैंकको अनलाइन एकाउन्ट सेवा

कोरोना भाइरसका कारणले गर्दा बैंकका सेवाग्राहीहरुलाई पर्न गएको विभिन्न बैंकिङ समस्याको समाधानको निम्तिसेञ्चुरी कमर्सियल बैंकले डिजिटल बैंकिङलाई अझै सहज बनाउने प्रयास स्वरुप ग्राहकवर्गहरुको सेवालाई ध्यानमा राखी सेञ्चुरी सहजखाता र सेञ्चुरी क्लीक एकाउन्ट भन्ने दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरू गरेको छ ।

ग्राहकहरुले घरमै बसेर शून्य मौज्दातमा खोलिने उक्त खाताहरुमा बैंकले वार्षिक ५.५० प्रतिशतको दरले त्रैमासिक रुपमा व्याज भुक्तानी गर्ने छ ।

बचत खातामा उच्चतम प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरु डिजीटालिटी खुल्ने र ग्राहकहरु बैंकमा उपस्थित हुनु नपर्ने हुदाँ डिजिटल बैंकिङलाई प्राथमिकता दिदैं उक्त बचत खाताहरुमा प्रवर्द्धनको निम्ति बढी ब्याजदर दिइएको हो ।

सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी सेन्चुरी पेमार्फत् वालेटको कारोबार समेत गर्न सकिनेछ । यस नयाँ सेवामार्फत ग्राहकले विभिन्न डिजिटल माध्यमबाट प्रतिदिन ५ हजार बराबर क्यास लेस कारोबार गर्न सक्नेछन् । उक्त खातामा वार्षिक एक लाख रुपैयाँसम्म कारोबार गर्न सकिनेछ ।

सेञ्चुरी क्लीक एकाउन्टमा नयाँ ग्राहकले अनलाइनबाटै खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ । उक्त खातामा वार्षिक १५ लाखसम्म कारोबारसमेत गर्न सकिनेछ । विशेष गरी विदेशमा रहेका नेपालीहरुलाई लक्षितगरि बैंकले यो खाता सञ्चालनमा ल्याएको हो ।

उक्त खाताहरु खोल्दा आवश्यक भेरिफिकेसन कोड बैंकले आधिकारिक मोबाइलमा वा ईमेलमा उपलब्ध गराउने र सहजै खाता खोल्न र सञ्चालन गर्न सकिनेछ ।

बैंकको अनलाइन एकाउन्ट सेवा https://onlineaccount.centurybank.com.np/बाट लिन सकिन्छ । थप जानकारीका लागि बैंकको आधिकारीक वेबसाइट www.centurybank.com.np उ तथा बैंकका शाखा कार्यलयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

प्रकाशित समय १०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु