fbpx
corona information

गृहपृष्ठ मुक्तिनाथ विकास बैंक ‘युरोपियन माइक्रोेफाइनान्स अवार्ड-२०२०’ बाट पुरस्कृत

मुक्तिनाथ विकास बैंक ‘युरोपियन माइक्रोेफाइनान्स अवार्ड-२०२०’ बाट पुरस्कृत

muktinath-newskarobar

लक्जमवर्गमा आयोजित युरोपियन माइक्रोफाइनान्स अवार्ड–२०२० को विजेता मुक्तिनाथ विकास बैंक भएको छ । मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैंकिङ कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरी रहेको नविनतम् र ग्राहकमैत्री समावेशी बचत सेवाहरुको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२० को प्रथम पुरस्कारबाट पुरस्कृत भएको हो ।

युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२० को लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागिता जनाएका थिए । उक्त प्रतियोगिताको लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंक लगायत वेनिन र ईथोपियाको १÷१ ओटा लघुवित्त संस्थाहरु छनौट भएका थिए । यो पुरस्कार वापत मुक्तिनाथ विकास बैंकले नगद एक लाख युरो प्राप्त गरेको छ । यो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरुलाई डिजिटल बैंकिङमा सहभागी गराउन विभिन्न कार्यहरु गरिनेछ ।

मुक्तिनाथ विकास बैंकको ४२ जिल्लामा रहेका १३८ओटा शाखाहरुमध्ये ११८ ओटा शाखामार्फत् साना तथा लघु बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । सानातथा लघु बैंकिङअन्तर्गत एक लाख ८० हजारभन्दा बढी ग्राहक सदस्यहरुले प्रत्यक्ष सेवा लिइरहेका छन् भने यो क्षेत्रमा १७ अर्बभन्दा बढी लगानीमा रही रहेको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।

 

प्रकाशित समय १२:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु