fbpx
corona information

गृहपृष्ठ सिभिल बैंकको तीन महिनाको नाफा ९ करोड

सिभिल बैंकको तीन महिनाको नाफा ९ करोड

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा गत वर्षको सोही अवधिको तुलनामा सिभिल बैंकको नाफा ३९ प्रतिशतले घटेको छ । असोजसम्ममा बैंकले ९ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो गत वर्षको भन्दा ३९.१८ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा बैंकको खुद नाफा १५ करोड ८९ लाख रुपैयाँ थियो ।

हालै जारी वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा बैंकले ४९ करोड ७६ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन गत वर्षको असोजसम्मको तुलनामा १७.४६ प्रतिशतले कम हो ।

बैंकको सञ्चालन नाफा ३८.८२ प्रतिशतले घटेर १३ करोड ८२ लाख ३१ हजार रुपैयाँमा झरेको छ । हालसम्ममा बैंकले ६९ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५६ अर्ब ९२ करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

चुक्ता पुँजी ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब ६६ करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी झन् घटेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ९९ पैसाबाट घटेर १ रुपैयाँ २१ पैसामा झरेको हो ।

प्रकाशित समय २०:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु