fbpx
corona information

गृहपृष्ठ सानिमा बैंकको नाफा ३७ प्रतिशत घट्यो

सानिमा बैंकको नाफा ३७ प्रतिशत घट्यो

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सानिमा बैंकको खुद नाफा ३७ प्रतिशतले घटेको छ । चालू आवको असोजसम्ममा बैंकले ३७ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको हो, यो नाफा गत वर्षको तुलनामा ३७.१२ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा बैंकले ५९ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

तीन महिनाको अवधिमा बैंकले ९७ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन गत वर्षको तीन महिनाको तुलनामा १४.७ प्रतिशतले कम हो । त्यस्तै बैंकको सञ्चालन आम्दानी पनि ३६.०४ प्रतिशतले घटेर ५३ करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ ।

बैंकको निक्षेप संकलन ९५ अर्ब ९२ करोडबाट बढेर १ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ८३ अर्ब ५२ करोडबाट बढेर ९५ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै खराब कर्जा ०.२४ बाट बढेर ०.४ प्रतिशत पुगेको छ । चुक्ता पुँजी ८ अर्ब ८० करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब २९ करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६४ पैसा र प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ९१ पैसा छ ।

प्रकाशित समय २०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु