fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ सनराइज बैंकको चाडवर्ड योजनामा एफवन सफ्टसँग सहकार्य

सनराइज बैंकको चाडवर्ड योजनामा एफवन सफ्टसँग सहकार्य

sunrise-newskarobar

सनराइज बैंकले ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौँ’ भन्ने अभियानअन्तर्गत  आगामी चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको छ ।

डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले एफवन सफ्टसँग सहकार्य गरी नयाँ  योजना ल्याएको हो । यो योजनाअन्तर्गत  सनराइजले आफ्नो मोबाइल बैंकिङमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना ग्राहकलाई एक थान स्मार्ट फोन प्रदान गर्ने जनाएको छ ।

नयाँ ग्राहकलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम रु. १०० क्यास ब्याक गर्ने व्यवस्था समेत गरेको बैंकले जानकारी दिएको छ ।

 बैंकले आफ्नो १३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा कार्तिक १ गतेदेखि मंसिर ५गतेसम्मको लागि यो योजना ल्याएको हो ।

 

प्रकाशित समय १९:११ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु