fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ एनआईसी मोबाइल बैंकिङ कारोबारमा सीएसआर खर्च

एनआईसी मोबाइल बैंकिङ कारोबारमा सीएसआर खर्च

एनआईसी एसिया बैंकले मोबाइल बैंकिङबाट हुने प्रत्येक कारोबारमा बैंकको तर्फबाट १  रूपैयाँका दरले सामाजिक उत्तरदायित्वका लागि प्रदान गर्ने भएको छ ।

बैंकले बडादशैंको अवसरमा ‘सेलिब्रेट फर कज’ सामाजिक उत्तरदायित्व योजनाअन्तर्गत बैंक मोबाइल बैंकिङबाट क्यूआर, युटिलिटी तथा मर्चेन्ट भुक्तानी गरी हुने प्रत्येक कारोबारमा बैंकको तर्फबाट  १ रूपैयाँ का दरले समाजिक उत्तरदायित्वका लागि योगदान गरिने जनाएको हो ।

बैंकका ग्राहकको चाडपर्वलाई उल्लासमय बनाउने उद्देश्यले बैंकले ‘डिजिटल उत्सव’ योजना डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विभिन्न ब्रान्ड तथा स्टोरहरूमा डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म आकर्षक छुट तथा नगद फिर्ता योजना ल्याइसकेको छ ।

बैंकले सोही योजनाअन्तर्गत सामाजिक काममा आफ्नो परोपकारी भावनालाई गतिशील रुपमा अगाडि बढाउन ‘सेलिब्रेट फर कज’ योजना समेत ‘डिजिटल उत्सव’ मा समावेश गरी ल्याएको हो ।

करिब १२ लाख मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले १ कात्तिकदेखि १० कात्तिक  गर्ने डिजिटल भुक्तानीलाई यस योजनामा समावेश गरिने बैंकले जानकारी दिएको छ ।

बैंकले यस अभियानमार्फत उक्त १० दिनसम्म संकलन भएको रकम कोरोना कोभिड-१९ महामारीबाट गम्भीर असर भोगिरहेका वृद्धाश्रम, बालगृह जस्ता सामाजिक संस्थाहरूलाई प्रदान गर्ने जानकारी दिएको छ ।

मोबाइल बैंकिङबाट गरिने भुक्तानी निकै लोकप्रिय बनेसँगै ठूलो जनमानसलाई डिजिटल कारोबारतर्फ आकर्षित गर्नका निमित्त बैंकले यो योजनालाई बृहतरूपमा लैजाने सोच बनाएको  पनि बताएको छ । यो अभियानबाट सामाजिक संस्थाहरूको हितको रक्षामात्र नभई अप्ठ्यारामा परेका नागरिकहरूलाई आड भरोसा समेत मिल्ने विश्वास बैंकले लिएको छ ।

हाल मोबाइल बैंकिङ्गबाट देशभरका १ लाख ५० हजार भन्दा बढी मर्चेन्टहरूमा क्यूआर कोडमार्फत भुक्तानी एवं विद्युत महसुल, खानेपानी, टेलिफोन, इन्टरनेट, केबुल, मोबाइल रिचार्ज, हवाइ तथा बस टिकटको शुल्क भुक्तानी तथा रकम स्थानान्तरण जुनसुकै स्थानबाट जुनसुकै समयमा गर्न सकिने सुविधा रहेको बैंकले जानकारी दिएको छ ।

बैंकले ल्याएको आकर्षक  ‘डिजिटल उत्सव’ योजनामा ग्राहकहरूले १ कात्तिकदेखि ५ मंसिर २०७७ सम्म १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गरी मोबाइल बैंकिङ तथा कार्डबाट डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म  नगद छुट तथा नगद फिर्ताको लाभ पाउने जनाइएको छ ।

अनलाइन किनमेललाई प्रोत्साहन गर्न सस्तोडिल, ग्यापु मार्केटप्लेस, ठूलो पसल, इन्फीस्टोर, ओकेदाम र कलमार्टजस्ता ई–कमर्शबाट बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ताको योजना २७ असोजदेखि १ कार्तिकसम्म समेत बैंकले सञ्चालन गरिरहेको छ ।

प्रकाशित समय १९:०२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु